रविन्द्र मिश्र नेतृत्वको पार्टीको नाम परिवर्तन गरियो
लावण्य÷साँखु । रविन्द्र मिश्र नेतृत्वको पार्टीले नाम परिर्वतन गरेको छ । पार्टीको बैशाख ११,१२ र १३ गते बसेको केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो । अब पार्टीको नाम साझा विवेकशील पार्टी भएको छ । यसअघि विवेकशील साझा पार्टी थियो ।
तत्कालीन साझा र विवेकशील पार्टीबीच एकता भएपछि साझा विवेकशील पार्टी बनेको थियो । तर, उज्वल थापा नेतृत्वको समूह फुटेर विवेकशील नेपाल दल बनाएको छ ।
छुट्टिएर गएको समूहले ‘विवेकशील’ नाम प्रयोग गर्दा उत्पन्न भएको भ्रम चिर्न पार्टीको नाम ‘विवेकशील साझा पार्टी’बाट ‘साझा विवेकशील पार्टी’ बनाउने निर्णय भएको छ ।
शनिवार बैठकको निर्णएय सार्वजनिक गर्दै संोजक मिश्रले पार्टीले आउँदा दिनमा आफ्ना गतिविधिलाई भ्रष्टाचार विरोधी अभियानमा लगाउने बताएको छ ।
Facebook Comments Box