राप्रपा काठमाडौँ अध्यक्षमा नवरजा सिम्खडा अत्यधिक मतले विजयी


अध्यक्षमा मत परिणाम आयो सदस्यहरुको गणना बाँकी

२०७८ भाद्र २१ गते

लावण्य/साँखु । राष्ट्रिय प्रजातन्त्र पार्टीको काठमाडौँ जिल्ला अध्यक्षमा नवराज सिंखडा निर्वाचित हुनु भएको छ । यही भाद्र २० गते आइतबार भएको जिल्ला अधिवेशनमा निकटतम प्रतिद्वन्दी केदार फुयाललाई हराउँदै सिंखडा पुनः अध्यक्षमा निर्वाचित हुनु भएको हो ।

कूल ७४० मत खसेकोमा सिंखडाले ५९६ मत प्राप्त गर्दा प्रतिद्वन्दी फुयालले ११७ मत मात्रै प्राप्त गर्नु भयो । २७ मत भने बदर भयो । सिंखडा यसअघि पनि काठमाडौँको अध्यक्ष हुनुहुन्थ्यो । उहाँ २०३२ सालदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ ।

सिंखडाले अध्यक्ष कमल थापा प्यानलबाट उम्मेदवारी दिनु भएको थियो । राप्रपाको महाधिवेशन आगामी कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौंमा हुँदैछ । राप्रपाको नयाँ नीति र नेतृत्व छनोटका लागि हुन लागेको महाधिवेशनका लागि यही भदौ मसान्तभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गरिसक्ने कार्यक्रम छ ।

पार्टीले पहिलो पटक सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधि छनोट गर्ने विधानमा व्यवस्था गरिएको छ । अहिले सम्म नगर, जिल्ला र क्षेत्रबाट प्रतिनिधि छनोट हुने व्यवस्था भएकामा यसपटक त्यसको विकल्पमा नयाँ नियम लागू गरिएको छ ।

Facebook Comments Box