राप्रपा शंखरापुरले उम्मेदवारी घोषणा तीव्र पारे


लावण्य/साँखु । राष्ट्रिय प्रजातन्त्र पार्टी शंखरापुर इकाई समितिले मेयर उप मेयरको उम्मेदवार घोषणा लगत्तै वडा नं. ९ को लागि उम्मेदवारहरुको पूरै टीम घोषणा गरेको छ ।

जस अनुसार मेयरमा रमेश नापित, उप मेयरमा विजयाकुमार्ी वाईबा, वडा नं. ९ का वडा अध्यक्षमा दिवाकर सिलवाल, सदस्यहरुमा नारायण खड्का, स्याम श्रेष्ठ, शोभा थापा र विष्णु माया परियार रहेका छन् ।

त्यसैगरी वडा नं. ६ को वडा अध्यक्षमा राधाकृष्ण श्रेष्ठ वडा सदस्यहरुमा ज्ञानरत्न मानन्धर, श्रीराम श्रीखण्ड श्रेष्ठ, राज्यलक्ष्मी नेम्कुल जोशी, र कमला बोगटी सार्र्की रहेका छन् । वडा नं. ७ को वडा अध्यक्षमा विष्णुप्रसाद श्रेष्ठ, वडा सदस्यहरुमा चन्दा श्रेष्ठ, अर्चेनदेव शाही, गंगालाल डंगोल र तुलसा दमाईको उम्मेदवारी घोषणा भएको छ ।

त्यसैगरी वडा नं. ३ मा सूर्य तामाङको अध्यक्षमा उम्मेदवारी घोषणा भएको छ भने वडा नं. ४ को वडा अध्यक्ष पदमा सुरेन्द्र मल्ल, सदस्यहरुमा अजय घ्लान, बिबि लक्ष्मी तामाङ र कुन्ता बिकको उम्मेदवारी घोषणा भएको छ ।

त्यसैगरी वडा नं. ८ मा रामबहादुर मोक्तान अध्यक्षमा र सदस्यहरुमा हरी थिङ,पुस्कल केसी, जमुना कार्कीको उम्मेदवारी घोषणा गरिएको छ ।

त्यसैगरी वडा नं. २ को अध्यक्षमा सुमन लामा र सदस्यहरुमा राम तामाङ, गणेश दंगाल र चमेली थिङको उम्मेदवारी घोषणा गरिएको छ ।

Facebook Comments Box