राष्ट्रिय सभाको चुनावको लागि राजपाको ह्वीप
लावण्य÷साँखु । राजनीतिक दलहरुले संसदमा आफ्ना सांसदहरुलाई मतदान गर्दा ह्विप (अत्यावश्यक निर्देशन) जारी गर्ने गरेका थिए । राजपाले शनिबार राष्ट्रियसभा निर्वाचनमा मतदान गर्नका लागि यस्तै ह्विप जारी ग¥यो । यो ह्विप प्रदेश सांसदमात्र होइन गाउँपालिका नगरपालिकाका प्रमुख उपप्रमुखलाई पनि लागु हुनेछ ।
राजपाले राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ नेकपासँग भएको तालमेल अनुसार मतदान गर्न पार्टीका मतदातालाई अत्यावश्यक निर्देशन (ह्वीप) जारी गरेको छ । राजपाले प्रदेश(२ का प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्षका लागि ह्वीप जारी गरेको हो ।
शनिबार काठमाडौंमा बसेको अध्यक्षमण्डलको बैठकले दुई पार्टीबीचको सहमति अनुरुप मतदान गर्न राष्ट्रिय सभामा मतदाता हुने पार्टीका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखलाई ह्वीप जारी गरेको संयोजक राजेन्द्र महतोद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
राजपा र नेकपाबीच प्रदेश–२ मा ४ सदस्यका लागि हुने राष्ट्रिय सभा निर्वाचनमा २र२ सिट बाढेर तालमेल भएको थियो ।
दुई पार्टीबीच भएको सहमति अनुरुप राजपाले अन्य समूहबाट मृगेन्द्रकुमार सिंह यादव र अल्पसंख्यक समूहबाट शेखरकुमार सिंहलाई र नेकपाले महिला समूहबाट तुलसा दाहाल र दलित समूहबाट राधेश्याम पासवानलाई उम्मेदवार बनाएका छन् ।
प्रदेश २ मा प्रतिपक्षी कांग्रेस र समाजवादी पार्टीले पनि २÷२ सिट बाढेर तालमेल गरेका छन् ।