रोचक जानकारी टिकटकलाई टक्कर दिन फेसबुकले ल्यायो नयाँ एप

टिकटकलाई टक्कर दिन फेसबुकले ल्यायो नयाँ एप
लोकप्रिय भिडियो सेयरिङ एप टिकटकलाई टक्कर दिनेगरी फेसबुकले एक नयाँ एप सार्वजनिक गरेको छ ।
फेसबुकको प्रयोगकतात्मक एप विभागले कोल्याब नामको नयाँ एप तयार गरेको हो ।
फेसबुकको यो नयाँ एप हाल एप्पल प्रयोगकर्ताका लागि बेटा भर्सनमा मात्र उपलब्ध रहेको छ । यो एपले सर्जक र उनीहरूका फ्यानलाई एक ठाउँमा ल्याउनेछ । यो एक म्युजिक मेकिङ एप हुनेछ जसमा प्रयोगकर्ताले कुनै पनि गीतमा आफ्नो भिडियो तयार गरी अपलोड गर्न सक्दछन् ।
आफ्नो आधिकारिक पोष्टमा फेसबुकले भनेको छ, ‘कोल्याबसँगै हामीले प्रविधिलाई सहज बनाइदिएका छौं जहाँ मानिसहरूलाई मूल सांगीतिक भिडियोसँगै मिलेर आफ्नो सिर्जनात्मक क्षमता प्रष्फुटित गर्न सक्नेछन् ।’
यो एपमा प्रयोगकर्ताले कुनै संगीतमा आफ्नो छोटो भिडियो तयार गर्न सक्दछन् । यस्तो भिडियो तीन भागमा बाँडिएको हुन्छ र तिनवटै भिडियो एकपछि अर्को गर्दै आउँदछन् । तीनवटा भिडियोका संगीतमा फरक–फरक वाद्यवादनको प्रयोग गर्न सकिन्छ वा आफूले एक भाग रेकर्ड अरू दुई भाग अन्य दुईजना साथीलाई रेकर्ड गरेर तीनजनाको भिडियो एकसाथ मिसाएर एकीकृत भिडियो तयार पार्न सकिन्छ ।
भिडियो सिर्जना गरेसँगै प्रयोगकर्ताले त्यसलाई आफ्नो वालमा पोष्ट गर्न सक्दछन् । त्यसरी पोष्ट गरिएका भिडियोहरू अन्य प्रयोगकर्ताले हेर्न तथा त्यसैलाई प्रयोग गरेर आफ्नै भिडियोहरू पुनः सिर्जना गर्न सक्दछन् । कोल्याबमा पोष्ट गरिएका भिडियोहरू इन्स्टाग्राम, फेसबुक स्टोरिज तथा अन्य प्लाटफर्ममा पनि सेयर गर्न सकिन्छ ।
पछिल्लो समय एकपछि अर्को नयाँ सेवाहरू ल्याइरहेको फेसबुकले हालैमात्र आफ्नो ग्रुप कलिङ एप क्याचअप सार्वजनिक गरेको थियो । क्याचअप एपको फेसबुकले अहिले अमेरिकामा परीक्षण गरिरहेको छ । केही एप्पल तथा एन्ड्रोइड प्रयोगकर्तालाई उपलब्ध गराइएको छ । यो नयाँ एपमा ८ जनासँग ग्रुप कलमा जोडिन सक्दछन् । एजेन्सी
दुई दाना आँपको मूल्य ४ लाख !
४ लाख रूपैयाँ खर्चिएर आँपका दाना किन्ने । त्यो पनि २ दाना । दुनियाँमा कुन मूर्खले गर्ला यस्तो काम ?
तर फलको राजा पनि भनिने आँप सधैं सस्तोमात्र कहाँ हुँदो रहेछ र ? जापानमा एउटा यस्तो जातको आँप छ, जसको मूल्य सय, हजारमा होइन, लाखमा गणना हुन्छ ।
ताइयो नो तामागो अर्थात् एग अफ द सन् भनिने उक्त आँप जापानको मियाजाकी प्रान्तमा फलाइन्छ । त्यहाँ हरेक वर्ष सबैभन्दा पहिले फलेको विशेष तथा महँगो आँप लिलाम बढाबढमा बिक्री गरिन्छ ।
निकै महँगो यो आँपको खेती जहाँतहीँ फल्दैन । अर्डर प्राप्त भइसकेपछि मात्र यो आँप फलाइन्छ । यो आँपको पाकेको गेडा आधा रातो र आधा पहेँलो हुन्छ । जापानमा यसलाई गर्मी र चिसोयामको बीचतिर तयार पारिन्छ ।
सन् २०१७ मा यो जातको दुई दाना आँप लिलाम भएको थियो । प्रतिदाना साढे ३ सय ग्रामतौल रहेकोमा दुईवटा दाना आँप ३७ सय अमेरिकी डलरभन्दा धेरै अर्थात् झण्डै ४ लाख नेपाली रुपैयाँ बराबरको रकममा बिक्री भएका थिए । सात सय ग्रामलाई ४ लाख भनिसकेपछि त्यो आँपको एक किलोको मूल्य कति पर्ला ? आफैं हिसाब गर्नुस् ।
आखिर यो आँप किन यतिधेरै महँगो छ त ? वास्तवमा यो आँपको विरुवा हुर्काउन र फलाउन निकै मिहिनेत लाग्दछ, कठिन छ । जापानी किसानले हरेक आँपका दानालाई एउटा सानो जालीले छोपेका हुन्छन् जसले सूर्यको प्रकाशलाई फलको सबै कोणको पत्रमा समान रूपले ताप प्रसार गर्न तथा फललाई तल खस्न नदिनका लागि लगाइएको हुन्छ । आँप बोटमै पाकिसकेपछि यो जालीमै खसेर अड्किन्छ । भुइँमा खस्न पाउँदैन । त्यसपछि जालीबाट निकालेर त्यसलाई बेचिन्छ ।
यो आँप निकै स्वादिलो तथा रसिलो हुन्छ । यो चकलेटजस्तै गुलियो हुनुका साथै स्वादमा पनि भुइँकटहर तथा नरिवलको मिश्रणजस्तो हुन्छ । एजेन्सी