लायन्स क्लब अफ साँखुले विपद् व्यवस्थापनको लागि नगद १० हजार सहयोग ग¥यो

लावण्य÷साँखु । यही चैत्र १९ गते शंखरापुर नगरपालिकाको वडा नं. ६ को वडास्तरीय विपद् व्यवस्थापन समितिले बनाएको कोषमा लायन्स क्लब अफ साँखुको तर्फबाट रु. १० हजारको सहयोग गरिएकोछ ।
सो सहयोग रकम वडा सदस्य एवं विपद् व्यवस्थापन संयोजक श्रीराम श्रेष्ठलाई भाग्योदय माध्यमिक विद्यालयको क्वारेन्टाईन स्थलमा हस्तान्तरण गरिएको थियो ।
आजै लायन्स क्लबले भाग्योदय माध्यमिक विद्यालयमा ४ बेड सहितको क्वारेन्टाईन स्थल बनाई आफैले व्यवस्थापनको जिम्मा समेत लिएको थियो ।
Facebook Comments Box