लावण्यको लागि रोटरी क्लब आफ साँखु बाट पिपिई १ सेट र केही थान सर्जिकल माक्स सहयोग

लावण्यको लागि रोटरी क्लब आफ साँखु बाट पिपिई १ सेट र केही थान सर्जिकल माक्स सहयोग
लावण्य÷साँखु । बैशाख ३ गते रोटरी क्लब अफ साँखुको तर्फबाट अध्यक्ष नवराज श्रेष्ठले १ सेट पिपिई र केही थान सर्जिकल मास्क लावण्य सन्देशका सम्पादक पवनलाल श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।
सो सहयोगको लागि रोटरी क्लब अफ साँखुलाई धन्यवाद दिँदै सम्पादक पवनलाल श्रेष्ठले आगामी दिनमा कोरोना भाईरस विरुद्ध अग्रमोर्चामा खटिँदा आफु सुरक्षित भएको महसुस गर्न सकिने बताउनुभएको छ
। वहाँले रोटरी क्लबलाई सहयोगको लागि हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ ।

रोटरी क्लब अफ साँखुका साथिहरुले सम्पादक श्रेष्ठको पोष्टबाट पिपिई नहुँदा असुरक्षित भएको महसुस गरेको जानकारी पाएपछि तत्काल सहयोग गरेका थिए ।

Facebook Comments Box