वल्र्ड नेवाः अर्गनाईजेसनमा पुनः सिजन श्रेष्ठ अध्यक्ष निर्वाचित
लावण्य÷साँखु । वल्र्ड नेवाः अर्गनाईजेसनको यही चैत्र १५, १६ व १७ गते सम्म भएको महाधिवेशनबाट पुनः सिजन श्रेष्ठ नै अध्यक्षमा सर्वसम्मत निर्वाचित भएको छ ।
महाधिवेशन लगत्तै काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यतामा शुभकामना आदान प्रदान कार्यक्रम क्षेत्रपाटीृ पार्टी प्यालेसमा गरिएको थियो ।
सो कार्यक्रमको सभापतित्व अध्यक्ष सिजन श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रममा मेयर शाक्यले विभिन्न व्यक्ति एवं संघ संस्थाका प्रतिनिधिहरुलाई आर्थिक भौतिक सहयोग गरेकोमा धन्यवाद सहितको प्रमाणपत्र दिनुभएको थियो ।
कार्यक्रममा उप मेयर हरिप्रभा खड्गीले अर्गनाईजेसनको प्रगतिको कामना गर्नुभएको थियो भने वल्र्ड नेवाः अर्गनाईजेसन नेपाः च्याप्टरका कार्यवाहक अध्यक्ष शाक्य सुरेनले सहभागीहरुलाई स्वागत गर्नुभएको थियो भने महाधिवेशन आयोजक कमिटीका अध्यक्ष पुष्कर माथेमाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।