विदुर केसीको संयोजकत्वमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान शंखरापुर नगर समिति गठन

२०७८ चैत्र १२ गते
लावण्य÷साँखु । शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा विदुर केसीको संयोजकत्वमा २१ सदस्यीय राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान शंखरापुर नगर समिति गठन भएको छ ।
नगर समिति गठन कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको तर्फबाट विशिष्ट अतिथि रिता थापा मगरको आतिथ्यतामा सम्पन्न भएको छ ।
गठनसँगै भएको कार्यविभाजन यसप्रकार रहेको छ । नगर समितिको अध्यक्षमा विदुर केसी, उपाध्यक्षमा मिरा थापा, सचिवमा सुदर्शन कार्की, कोषाध्यक्षमा सुस्मिता आचार्य, सदस्यहरुमा प्रदिप थापा, दिपक दुलाल, विदुर भुजेल, भिमसेन केसी, राजन रेग्मी, समशेर तामाङ, शान्तिमाया तामाङ, रविन्द्र कार्की, ललिता लामा, यशोदा मल्ल ठकुरी, शर्मिला ढकाल, लक्ष्मी केसी, अप्सरा पण्डित, नहकुल खतिवडा, शर्मिला बञ्जारा, रमिता स्याङतान, रत्न खतिवडा रहेका छन् ।

Facebook Comments Box