शंंखरापुरमा कति मत खस्यो ?

४ मंसिर २०७९, आईतवार
लावण्य/साँखु । आम निर्वाचन २०७९ मा मुलुकभर करीब ६१ प्रतिशत मत खसेको छ ।
यसै क्रममा शंखरापुर नगरपालिकाको वडा नं. १ को दुईवटा बुथबाट २३८८ मत खसेको छ ।
त्यसैगरी वडा नं. २ मा १०३१ मत खसेको छ भने वडा नं. ३ मा १४८०, वडा नं. ४ मा १३१३ मत खसेको छ ।
वडा नं. ५ मा १६७२ मत खसेको छ भने वडा नं. ६ को दुईवटा बुथबाट १८८० मत खसेको छ । वडा नं. ७ मा १८४५ मत खसेको छ भने वडा नं. ८ को दुईवटा बुथमा गरेर १७२५ मत र वडा नं. ९ को दुईवटा बुथमा गरेर १९९४ मत खसेको छ ।
शंखरापुर नगरपालिकामा जम्मा १५३२८ मत खसेको छ । यो मत कूल मतको करीब ६५ प्रतिशत हो । मुलुकभर खसेको मत प्रतिशतका आधारमा केही बढी प्रतिशत मत शंखरापुरमा खसेको छ । काठमाडौँ क्षेत्र नं. २ मा पनि करीब ६४ प्रतिशतभन्दा बढी मत खसेको छ ।
Facebook Comments Box