शंखरापुरमा एमालेले लियो अग्रता





शंखरपुरको मेयरमा एमाले र उप मेयरमा काँगे्रसले लियो अग्रता


२०७९ बैशाख ३१ गते
लावण्य/साँखु । काठमाडौँको शंखरापुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रारम्भिक अग्रता लिएतापनि अहिले भने नेकपा एमालेले अग्रता लिएको छ ।
अहिलेसम्म प्राप्त जानकारी अनुसार मेयर पदमा नेकपा एमालेका कृष्णलाल बजगाइँले ४१० मत, राप्रपाका रमेश नापितले ३९८ मत, नेकपा एसका एलपी श्रेष्ठले ३४९ मत, नेकपा माओवादी केन्द्रका निरज केसीले २३२ मत र जसपा नेपालका भुवन वाईवाले ३ मत प्राप्त गनुभएको छ ।
त्यसैगरी उप मेयरमा भने नेपाली काँगे्रसका समिता श्रेष्ठले ४९६ मत, नेकपा एमालेका लक्ष्मी केसीले ३२३ मत, नेकपा माओवादी केन्द्रका चण्डिका दंगालले २८४ मत र राप्रपाका विजयकुमारी वाईवाले २८० मत प्राप्त गर्नुभएको छ ।
८७६ मतगणना हु“दा वडा नं. १ मा यस्तो छ परिणाम ः
सूर्य मेयर ३१० उप मेयर २१० वडा अध्यक्ष २३१, महिला सदस्य १९३, दलित वडा सदस्य २०२ खुल्ला सदस्य १८२ र २२३
रुख मेयर ०००, उप मेयर २५५, वडा अध्यक्ष १६५, महिला सदस्य १९७, दलित वडा सदस्य १७५, खुल्ला सदस्य १८२ र १२९
गोलाकारभित्रको हँसिया हथौडा मेयर ११६, उप मेयर १४२, वडा अध्यक्ष १७४, महिला वडा सदस्य १५८, दलित महिला सदस्य १४९, खु्ल्ला सदस्य १३९ र १५२
कलम मेयर २०४, उपमेयर ०००, वडा अध्यक्ष १७५, महिला वडा सदस्य १६२, दलित वडा सदस्य १६९, खुल्ला सदस्य १७१ र १९९
हलो मेयर ११०, उपमेयर ७७, वडा अध्यक्ष ७१, महिला सदस्य ७६, दलित महिला सदस्य ७४, खुल्ला सदस्य ७९ र ६३
७०१ मतगणना हु“दा वडा नं. ९ मा यस्तो छ परिणाम ः
सूर्य मेयर १०० उप मेयर ११३ वडा अध्यक्ष १००, महिला सदस्य १०५, दलित वडा सदस्य १०८ खुल्ला सदस्य ८९ र १२६
रुख मेयर ०००, उप मेयर २४१, वडा अध्यक्ष १९०, महिला सदस्य १६५, दलित वडा सदस्य १७९, खुल्ला सदस्य २०३ र २५७
गोलाकारभित्रको हँसिया हथौडा मेयर ६३, उप मेयर ५३, वडा अध्यक्ष ४६, महिला वडा सदस्य ५८, दलित महिला सदस्य ४३, खु्ल्ला सदस्य ३५ र ३४
कलम मेयर १४५, उपमेयर ०००, वडा अध्यक्ष १३०, महिला वडा सदस्य ३९, दलित वडा सदस्य ६८, खुल्ला सदस्य ६८ र ३७
छाता मेयर ३
हलो मेयर २८८, उपमेयर २०३, वडा अध्यक्ष १५७, महिला सदस्य २६३, दलित महिला सदस्य १९४, खुल्ला सदस्य १९० र १५४
पार्टीको उपस्थितिको हिसाबले अहिले गणना भएको १ र ९ नम्बर वडामा राप्रपाको उपस्थित सांकेतिक मात्रै छ । कमजोर मानिएको क्षेत्रबाटै दोस्रो धेरै मत ल्याएपछि प्रमुख उपप्रमुखमा राप्रपाको संभावना बढेको गणनास्थलमा रहेका कांग्रेस, एमाले, माओवादी र समाजवादीका प्रतिनिधिहरू स्वीकार गर्छन् ।
शंखरापुरमा राप्रपाको आधार इलाकाको रुपमा रहेको वडा ६ र ७ वडाको मतगणना हुन बाँकी छ। जुन साँखुको कोर क्षेत्र हो ।
अघिल्लो चुनावमा ती दुवै वडामा राप्रपाले खसेको मतको ७० प्रतिशत मत एकलौटी प्राप्त गरेको थियो । ती दुईवडामा गरी पाँच हजार मतदाता रहेका छन् ।
यसपटक पनि ती दुईवटाबाट अघिल्लोपटकजस्तै मत खस्ने दाबी राप्रपाका कार्यकर्ता दाबी गर्छन् ।
यसपटक राप्रपाले थप एउटा वडा अध्यक्ष समेत जित्ने उनीहरूको दाबी छ । २०७४ को चुनावमा माओवादीले जितेको ३ नम्बर वडाको परिणाम यसपटक राप्रपाको पोल्टामा जाने लगभग निश्चित छ ।
जसका कारण एमालेको प्रतिष्ठाको नगर बन्दै आएको शंखरापुर पार्टी विभाजन र कमजोर गठबन्धनका कारण राप्रपाको पोल्टामा जाने प्रारम्मिक मतगणनाबाट देखिएको छ ।
शुक्रबार भएको मतदानमा २२ हजार पाँच सयमत मध्ये १७ हजार एक पचास खसेको छ ।