शंखरापुरमा संक्रिय संक्रमित १ सय ७

लावण्य/साँखु । कोभिड १९ को दोस्रो लहरको चपेटामा शंखरापुर नगरपालिकामा पर्न थालेको छ ।
यहाँ अहिलेसम्म नगरपालिकाको रेकर्ड अनुसार यहीँ बसोबास गर्ने ५ जना कोभिड ्१९ का कारण ज्यान गुमाउन बाध्य भएका छन् । जसमा १ जना महिला र ४ जना पुरुष रहेका छन् ।
त्यो रेकर्डमा नगरपालिकाभित्र बसोबास नगर्ने मृतकहरुको संख्या भने उल्लेख छैन ।
दोस्रो लहर सुरु भएयता जम्मा १ सय २७ जना संक्रमित भएका छन् । त्यसमा ५९ महिला र ६८ पुरुष रहेका छन् ।
सक्रिय संक्रमितको संख्या १ सय ४ रहेको छ जसमा महिला ५० र पुरुष ५४ रहेको छ ।
त्यसैगरी संक्रमित भई निको भएकाहरुको संख्या १८ पुगेको छ । जसमा ८ जना महिला र १० जना पुरुष रहेका छन् ।
नगरपालिकाले यस्तो अवस्थाबाट त्राण पाउनको लागि प्रस्तावित नगर अस्पताल, सुषमा मेमोरियल अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गरेको छ ।
साथै हिजोदेखि नगर अस्पतालसँगैरहेको बहुउद्देश्यीय भवनलाई समेत १५ शैयाको कोभिड आईसोलेसन वार्डका रुपमा सञ्चालनमा ल्याएको छ ।
त्यसो त अस्पतालमा रहेका संक्रमितहरुको संख्या अहिलेसम्म १२ मात्रै रहेको छ जसमा ५ जना पुरुष र ६ जना महिला रहेको छ ।
अहिलेसम्म होम आईसोलेसनमा रहेकाहरु ९३ जना छन् जसमा पुरुष ४९ र महिला ४४ रहेका छन् ।
नगरपालिकाले नगरका सबै नागरिकहरुलाई आफु सुरक्षित रहन र अरुलाई पनि सुरक्षित राख्न कोभिड १९ को प्रोटोकल पालना गर्न अनुरोध गर्दै आईरहेको छ ।

Facebook Comments Box