शंखरापुरमा सक्रिय सक्रमित ९२ निको भएका २६०

लावण्य/साँखु । शंखरापुर नगरपालिकामा कोभिड १९ को दोस्रो लहर चल्दा अहिलेसम्मको संक्रमितको संख्या ३ सय ६९ पुगेको छ भने सक्रिय संक्रमितको संख्या भने घट्दै गएर अहिले ९२ मा सीमित भएकोछ ।

शंखरापुर नगरपालिकाको रेकर्ड अनुसार केही दिनयता संक्रमितको निको हुने दर बढ्दै गएको देखिन्छ । नगरपालिकाको जेष्ठ २५ गतेको डाटा अनुसार कोभिड १९ बाट ९ जना संक्रमित थपिए । हालसम्म १७ जना कोभिड १९ बाट निधन भएको छ । जसमा ६ जना महिला र ११ जना पुरुष रहेका छन् ।

दोस्रो लहर सुरु भएयता जम्मा ३ सय ६९ जना संक्रमित भएका छन् । त्यसमा १६२ महिला र २०७ पुरुष रहेका छन् ।

सक्रिय संक्रमितको संख्या ९२ रहेको छ जसमा महिला ३९ र पुरुष ५३ रहेको छ ।

त्यसैगरी संक्रमित भई निको भएकाहरुको संख्या २६० पुगेको छ । जसमा ११७ जना महिला र १४३ जना पुरुष रहेका छन् ।

त्यसो त अस्पतालमा रहेका संक्रमितहरुको संख्या हिजोको दिनमा १० मात्रै रहेको छ जसमा ४ जना महिला र ६ जना पुरुष रहेको छ ।

अहिले होम आईसोलेसनमा रहेकाहरु ८२ जना छन् जसमा महिला ३५ र पुरुष ४७ रहेका छन् ।

नगरपालिकाले नगरका सबै नागरिकहरुलाई आफु सुरक्षित रहन र अरुलाई पनि सुरक्षित राख्न कोभिड १९ को प्रोटोकल पालना गर्न अनुरोध गर्दै आईरहेको छ ।

वडा अनुसार कोभिड–१९ को स्थिति, रिकभरी ७१ प्रतिशत

– वडा नंं. १ मा २८ जना, निको भएका २१ जना, सक्रिय संक्रमित ५ जना, मृत्यु २ जना 

– वडा नंं. २ मा २१ निको भएका २० जना, सक्रिय संक्रमित १ जना, मृत्यु ० जना

– वडा नंं. ३ मा ४० जना, निको भएका ३४ जना, सक्रिय संक्रमित ५ जना, मृत्यु १ जना

– वडा नंं. ४ मा ३६ जना निको भएका २२ जना, सक्रिय संक्रमित १३ जना, मृत्यु १ जना

– वडा नंं. ५ मा २६ जना निको भएका १२ जना, सक्रिय संक्रमित १० जना, मृत्यु ४ जना

– वडा नंं. ६ मा ७८ जना, निको भएका ६० जना, सक्रिय संक्रमित १३ जना, मृत्यु ५ जना

– वडा नंं. ७ मा ४७ जना, निको भएका २९ जना, सक्रिय संक्रमित १६ जना, मृत्यु २ जना

– वडा नंं. ८ मा ३१ जना, निको भएका ११ जना, सक्रिय संक्रमित १८ जना, मृत्यु २ जना

– वडा नंं. ९ मा ४१ जना, निको भएका ३५ जना, सक्रिय संक्रमित ६ जना, मृत्यु ० जना

– वडा नखुलेका २१ निको भएका ५ जना, सक्रिय संक्रमित १६ जना, मृत्यु ० जना्

सर्सती माथिको डाटा हेर्दा सबैभन्दा मृत्यु बढी भएको वडा नं ६ मा देखिन्छ । दोस्रोमा वडा नं. ५, तेस्रोमा १, ७ र ८ मा देखिएको छ । त्यसपछि वडा नं. ३ र ४ मा देखिएको छ । संक्रमितको संख्या र निको भएकाको संख्या हेर्दा अझै पनि रिकभरी दर कम देखिन्छ ।

मुलुकभरको निको भएकाहरुको संख्या ८४ प्रतिशत माथि र उपत्यकामा ९० प्रतिशत माथि हुँदा पनि शंखरापुरमा भने करीब ७१ प्रतिशतको हाराहारीमा निको भएको देखिन्छ ।

अबको केही दिन यही रुपमा रिकभरी दर बढ्दै जाने हो भने शंखरापुरमा सुखद संकेत देखापर्नेछ ।

Facebook Comments Box