शंखरापुरमा सक्रिय सक्रमित १३६ निको भएका १६८

लावण्य/साँखु । शंखरापुर नगरपालिकामा कोभिड १९ को दोस्रो लहर चल्दा अहिलेसम्मको संक्रमितको संख्या ३ सय १९ पुगेको छ भने सक्रिय संक्रमितको संख्या भने घट्दै गएर अहिले १ सय ३६ मा सीमित भएकोछ ।
शंखरापुर नगरपालिकाको रेकर्ड अनुसार केही दिनयता संक्रमितको निको हुने दर बढ्दै गएको देखिन्छ । नगरपालिकाको जेष्ठ १५ गतेको डाटा अनुसार कोभिड १९ बाट ३ जना संक्रमित थपिए भने ११ जना संक्रमित निको भएका छन् । हालसम्म १५ जना कोभिड १९ बाट निधन भएको छ । जसमा ६ जना महिला र ९ जना पुरुष रहेका छन् ।
दोस्रो लहर सुरु भएयता जम्मा ३ सय १९ जना संक्रमित भएका छन् । त्यसमा १४२ महिला र १७७ पुरुष रहेका छन् ।
सक्रिय संक्रमितको संख्या १ सय ३६ रहेको छ जसमा महिला ५६ र पुरुष ८० रहेको छ ।
त्यसैगरी संक्रमित भई निको भएकाहरुको संख्या १६८ पुगेको छ । जसमा ८० जना महिला र ८८ जना पुरुष रहेका छन् ।
त्यसो त अस्पतालमा रहेका संक्रमितहरुको संख्या हिजोको दिनमा १३ मात्रै रहेको छ जसमा ११ जना पुरुष र २ जना महिला रहेको छ ।
अहिले होम आईसोलेसनमा रहेकाहरु १२३ जना छन् जसमा महिला ५४ र पुरुष ६९ रहेका छन् ।
नगरपालिकाले नगरका सबै नागरिकहरुलाई आफु सुरक्षित रहन र अरुलाई पनि सुरक्षित राख्न कोभिड १९ को प्रोटोकल पालना गर्न अनुरोध गर्दै आईरहेको छ ।

वडा अनुसार कोभिड–१९ को स्थिति, रिकभरी ५३ प्रतिशत
– वडा नंं. १ मा २४ निको भएका १२ जना, सक्रिय संक्रमित १० जना, मृत्यु २ जना
– वडा नंं. २ मा २१ निको भएका ५ जना, सक्रिय संक्रमित १६ जना, मृत्यु ० जना
– वडा नंं. ३ मा ३८ निको भएका १९ जना, सक्रिय संक्रमित १८ जना, मृत्यु १ जना
– वडा नंं. ४ मा २५ निको भएका २० जना, सक्रिय संक्रमित ४ जना, मृत्यु १ जना
– वडा नंं. ५ मा २१ निको भएका १० जना, सक्रिय संक्रमित ७ जना, मृत्यु ४ जना
– वडा नंं. ६ मा ६७ निको भएका ४३ जना, सक्रिय संक्रमित २० जना, मृत्यु ४ जना
– वडा नंं. ७ मा ४१ निको भएका १९ जना, सक्रिय संक्रमित २० जना, मृत्यु २ जना
– वडा नंं. ८ मा २६ निको भएका ९ जना, सक्रिय संक्रमित १६ जना, मृत्यु १ जना
– वडा नंं. ९ मा ३७ निको भएका २३ जना, सक्रिय संक्रमित १४ जना, मृत्यु ० जना
– वडा नखुलेका १९ निको भएका ८ जना, सक्रिय संक्रमित ११ जना, मृत्यु ० जना्
सर्सती माथिको डाटा हेर्दा सबैभन्दा मृत्यु बढी भएको वडा नं ५ र ६ मा देखिन्छ । त्यसपछि वडा नं. १ र ७ मा देखिएको छ । वडा नं. ३, ४, ८ मा देखिएको छ । संक्रमितको संख्या र निको भएकाको संख्या हेर्दा अझै पनि रिकभरी दर कम देखिन्छ ।
मुलुकभरको निको भएकाहरुको संख्या ७७ प्रतिशत माथि हुँदा शंखरापुरमा करीब ५३ प्रतिशतको हाराहारीमा मात्रै निको भएको देखिन्छ ।
अबको केही दिन यही रुपमा रिकभरी दर बढ्दै जाने हो भने शंखरापुरमा सुखद संकेत देखापर्नेछ ।