शंखरापुर नगरपालिका वडा नं. ७ को २०७४ को स्थानीय तहको चुनावमा कसले कति मत पाए ?
शंखरापुर नगरपालिका वडा नं. ७ राप्रपाले जीत हासिल गरेतापनि १ सदस्य पद भने नेपाली काँगे्रसले हात पारेको थियो ।
शंखरापुर नगरपालिका वडा नं. ७ राप्रपाले जीत हासिल गरेतापनि १ सदस्य पद भने नेपाली काँगे्रसले हात पारेको थियो ।
२०७८ फाल्गुन १२ गते



लावण्य/साँखु । निर्वाचन आयोगका रेकर्ड अनुसार शंखरापुर नगरपालिका वडा नं ७ का वडा अध्यक्षका उम्मेदवारहरुले गत २०७४ को स्थानीय तहको निर्वाचनमा पाएको मत यसप्रकार रहेको छ ।
वडा अध्यक्षको चुनावमा राप्रपाका बिष्णु प्रसाद श्रेष्ठले ६९९ मत प्राप्त गरि विजयी हुनुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वि नेपाली काँगे्रसका प्रविनमान सिंले ४५५ मत प्राप्त गर्नुभएको थियो ।
त्यसैगरी नेकपा एमालेका रेनुलाल सिंले ४१२ मत प्राप्त गरेको थियो भने नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका पुरुषोत्तम श्रेष्ठले ९८ मत प्राप्त गरेको थियो । स्वतन्त्र उम्मेदवार विश्वेश्वरमान श्रेष्ठले ७१ मत प्राप्त गरेको थियो ।
त्यसैगरी वडा सदस्य खुल्ला तर्फ विजयी उम्मेदवारहरु राप्रपाका अर्चेन देव शाहीले ५५१ मत प्राप्त गरेका थिए भने नेपाली काँगे्रसका प्रविन श्रेष्ठले ५४७ मत प्राप्त गरेका थिए भने पराजित उम्मेदवारहरुमा राप्रपाका जीवनमान सिंले ५४६ मत, नेपाली काँगे्रसका एनिस श्रेष्ठले ५४३ मत, नेकपा एमालेका अमला देवी श्रेष्ठले ४२६ मत, नेकपा एमालेका नरबहादुर कार्कीले ३ सय ६३ मत, माओवादी केन्द्रका विनय श्रेष्ठले १४४ मत, माओवादी केन्द्रका कर्ण बहादुर खड्काले १०२ मत र मधेशी जनअधिकार फोरमका मनोज श्रेष्ठले ५७ मत प्राप्त गरेका थिए।
सो चुनावमा महिला सदस्यमा राप्रपाका चन्दा श्रेष्ठले ६३७ मत प्राप्त गरी विजयी हुनुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वि नेकपा एमालेका नविना कसाहीले ४८१ मत प्राप्त गरेका थिए, नेपाली काँगे्रसका शर्मिला श्रेष्ठले ४३२ मत र माओवादी केन्द्रका लक्ष्मी श्रेष्ठले ११० मत प्राप्त गरेका थिए ।
त्यसैगरी दलित महिला सदस्यमा राप्रपाका तुलसा दमाईले ६०३ मत प्राप्त गरी विजयी हुनु भएको थिए भने उहाँका निकटतम प्रतिद्वन्द्वि नेपाली काँगे्रसका दिपा सुनारले ४४६ मत प्राप्त गरेका थिए ।