शंखरापुर नगरपालिका वडा नं. ६ को २०७४ को स्थानीय तहको चुनावमा कसले कति मत पाए ?

शंखरापुर नगरपालिका वडा नं. ६ मा राप्रपाले पूरै प्यानल सहित जीत हासिल थियो ।

२०७८ फाल्गुन १२ गते

लावण्य/साँखु । निर्वाचन आयोगका रेकर्ड अनुसार शंखरापुर नगरपालिका वडा नं ६ का वडा अध्यक्षका उम्मेदवारहरुले गत २०७४ को  स्थानीय तहको निर्वाचनमा पाएको मत यसप्रकार रहेको छ ।

वडा अध्यक्षको चुनावमा राप्रपाका राधाकृष्ण श्रेष्ठले ७३९ मत प्राप्त गरि विजयी हुनुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वि नेकपा एमालेका ईन्द्रलाल श्रेष्ठले ४४४ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी नेपाली काँगे्रसका दिलिपकुमार श्रेष्ठले ३९६ मत प्राप्त गरेको थियो भने नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केशवलाल श्रेष्ठले १०३ मत प्राप्त गरेको थियो । स्वतन्त्र उम्मेदवार जनक नारायण श्रेष्ठले १२९ मत प्राप्त गरेको थियो ।

त्यसैगरी वडा सदस्य खुल्ला तर्फ विजयी उम्मेदवारहरु राप्रपाका ज्ञानरत्न मानन्धरले ७४८ मत प्राप्त गरेका थिए भने राप्रपाकै श्रीराम श्रेष्ठले ७३१ मत प्राप्त गरेका थिए भने पराजित उम्मेदवारहरुमा नेकपा एमालेका वीरेन्द्रलाल श्रेष्ठले ४८५ मत, एमालेकै श्रीकृष्ण श्रेष्ठले ४७० मत, नेपाली काँगे्रसका जीतेन्द्र श्रेष्ठ र सुरज विष्ट दुवैले ३०२ मत, नेकपा माओवादी केन्द्रका विनोद कपालीले १३१ मत, माओवादी केन्द्रकै शिवबहादुर कार्कीले १२५ मत, स्वतन्त्र उम्मेदवार श्याम डंगोलले ६७ मत, संजय शाहीले ६२ मत र विनोन श्रेष्ठले २० मत प्राप्त गरेका थिए ।

सो चुनावमा महिला सदस्यमा राप्रपाका राज्यलक्ष्मी नेम्कुल जोशीले ६९९ मत प्राप्त गरी विजयी हुनुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वि नेकपा एमालेका पार्वती मानन्धरले ५०७ मत प्राप्त गरेका थिए, नेपाली काँगे्रसका रमिता मानन्धरले ३८४ मत र माओवादी केन्द्रका लक्ष्मी थापाले ११७ मत प्राप्त गरेका थिए ।

त्यसैगरी दलित महिला सदस्यमा राप्रपाका कमला बोगटी सार्कीले ७२१ मत प्राप्त गरी विजयी हुनु भएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वि नेकपा एमालेका सुशिला रम्तेलले ५३२ मत, नेपाली काँगे्रसका शर्मिला बिशुंखेले २६२ मत र नेकपा माओवादी केन्द्रका सानु सार्कीले ११७ मत प्राप्त गरेका थिए ।

Facebook Comments Box