शारदालक्ष्मीले स्थापना दिवसमा १ सय वर्ष पुगेका जेष्ठ नागरिकहरुको सम्मान गर्ने !
– कृशु श्रेष्ठ –
२०७८ पौष २ गते
लावण्य÷साँखु । यही पौष २४ गते शारदालक्ष्मी वचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा शंखरापृुर नगरपालिकाभरिका १ सय वर्ष पुगेका जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने भएको छ ।
सम्मान कार्यक्रममा सहभागी हुन शारदालक्ष्मी वचत तथा ऋण सहकारी संस्थाले सम्पूर्ण शंखरापुरबासीहरुमा आव्हान गरेको छ । सम्मान ार्यक्रममा आफ्ना अभिभावकहरुलाई सहभागी गराउनको लागि नागरिकताको फोटोकपी वा वर्ष खुल्ने कागजात सहकारीको अफिसमा यही पौष १६ गतेसम्म उपलब्ध गराईदिन समेत सहकारीले अनुरोध गरेको छ ।
सहकारीले प्रत्येक वर्ष जेष्ठ नागरिकहरुको सम्मान गर्दै आईरहेको छ । कोरोना संक्रमणका कारण गत वर्ष संस्थाले कार्यक्रम गर्न सकेको थिएन । यस वर्ष भने सहकारीले जेष्ठ नागरिकहरुको सम्मान गर्ने निधो गरेको छ ।
नयाँ भेरियन्ट संकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् । दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयको भनाइ छ । ओमिक्रोन भेरियन्ट सङ्क्रमण भएको दुवैजनाले कोरोनाविरुद्धको खोप लगाएका थिए ।
नयाँ भेरियन्ट पुष्टि भएका देशहरू हुँदै ६६ वर्षीय विदेशी नागरिक मङ्सिर ३ गते नेपाल प्रवेश गर्दा गरिएको पिसिआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो । तर, उनीसँगै सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई मङ्सिर ७ गते कोरोना सङ्क्रमणको लक्षण देखिएपछि परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएको हो ।