शालिनदी मेलामा सहयोग रकम करीब ३० लाख उठ्यो


माधवनारायण व्रतका क्रममा, शालिनदीमा अहिलेसम्म करीब ३० लाख रकम संकलन भएको देखिएको छ।
४ पौष बुधवार
लावण्य/साँखु । शालिनदीमा मेला लागेको आज १३ औँ दिन हो । हिजोसम्ममा शालिनदी परिसरमा सहयोगी दाताहरुको तर्फबाट रु ((२९ लाख ९९ हजार ७ सय १ रुपैयाँ संकलन भएको छ ।
पौष २२ गते १ लाख ७७ हजार ९ सय ८०, पौष २३ गते ३ लाख ७८ हजार ६ सय २५, पौष २४ गते १ लाख १० हजार २ सय ८५, पौष २५ गते २ लाख ३२ हजार ६०, पौष २६ गते १ लाख ५१ हजार ४ सय ७५, पौष २७ गते १ लाख ७२ हजार ६ सय ३०, पौष २८ गते २ लाख ५९ हजार १ सय ८०, पौष २९ गते २ लाख ८९ हजार २ सय ८०, पौष ३० गते २ लाख ६६ हजार ७ सय ३० सहयोग संकलन भएको छ ।
त्यसैगरी माघ १ गते ४ लाख ४ हजार १ सय ४०, माघ २ गते २ लाख ४७ हजार ८० र माघ ३ गते ३ लाख १० हजार २ सय ३६ सहयोग संकलन भएको छ ।
अहिलेसम्म धेरै रकम सहयोग गर्नेमा मनमाया श्रेष्ठ १ लाख १ हार १ सय ५ रहेको छ । त्यसैगरी नानी हेरा महर्जनले १ लाख ५ रुपैयाँ र कल्पना डंगोल र छोरा अजय डंगोलले १ लाख ५ रुपैयाँ सहयोग गरेको छ । समितिले प्रत्येक दिन दाताहरुको नामावली समेत प्रकाशित गर्ने गरेको छ । त्यसैगरी सहयोगी दाताहरुमा मोेहन पुरुष÷अरुणा ढकालबाट २५ हजार ५ सय, मिश्रीदेवी सिंह, किरणमान सिंह र रुपा सिंहबाट २५ हजार १ सय, अभिमन्यु श्रेष्ठ र अञ्जुमन श्रेष्ठबाट २२ हजार २ सय, राधे राधे भक्तपुरबाट १५ हजार ५, दुर्गादेवी प्रधानबाट १५ हजार, गोविन्द क्याटरिङ खुसिबुँबाट १० हजार ५ सय ५५ र आशालाल, गुणकेशरी, भुवनदेवी कुमारीपाटी ललितपुरबाट १० हजार ५ सय ५५ सहयोग रहेको छ ।