सडकको ठेक्का तोडिनुहुन्न– मेयर सुवर्ण श्रेष्ठ

लावण्य÷पोखरा । शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले चावहिल साँखु सडक खण्डमा काम गरिरहेका ठेकेदारहरुको ठेक्का तोडिनु नहुने बताउनुभएको छ ।
उहाँले उक्त कुरा पोखराको होटल ह्वाईन इनमा आयोजित साँखु शालिनदी यातायात प्रा.लि.को प्रथम साधारणसभाको उद्घाटन सत्रमा बताउनुभएको हो ।

उहाँले अहिले केही तदारुकतासाथ ठेकेदारहरुले काम गरिरहेको अवस्थामा उनीहरुको ठेक्का तोडिएमा अर्को ठेक्का लगाउन करिब ६ महिना भन्दा बढी लाग्ने र अर्को वर्ष पनि अहिले भन्दा बढी सडकको दूरावस्था देख्नुपर्ने बताउनुभएको थियो ।

बरु अहिलेका ठेकेदारहरुको म्याद थप गरिए अनुसार नै उनीहरुलाई थप केही सुविधा र दबाव काम गराउनुपर्ने उहाँले बताउनुभएको थियो ।
उहाँले यातायात व्यवसायीहरुको लागि यस वर्ष यातायात व्यवसायीहरुसँगको सहकार्यमा केही रकम अनुदान दिएरै भएपनि ग्रामीण सडकहरुमा सार्वजनिक यातायातको पहुँच बढाईने बताउनुभएको थियो ।
साथै उहाँले तत्कालै केही दिनमै साँखु क्षेत्रमा सार्वजनिक यातायात सञ्चालन गरिरहेका व्यवसायीहरुसँग समन्वय गरि छलफल कार्यक्रम गरि उचित निकास दिने बताउनुभएको थियो ।
ग्रामिण सडकमा टेम्पो गुड्ने !
ग्रामिण सडकमा यातायात सञ्चालनको लागि केही टेम्पो व्यवसायीहरुसँग छलफल चलिरहेको बताउँदै उनीहरुलाई पनि आफूले तत्काल स्वीकृति नदिई व्यवसायीहरुसँगको छलफल पछि मात्रै स्वीकृति एवं भाडादर तोकिदिने बताउनुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य सल्लाहकार रामेश्वर श्रेष्ठले व्यक्त गर्नुभएको थियो भने व्यवसायीहरुको तर्फबाट सञ्चालक ओमबहादुर कार्कीले व्यवसायीले कहिल्यै जस नपाएको र घाटामा व्यवसाय गरिरहँदा समेत आफूहरुको समस्या आम उपभोक्ता र स्थानीय सरकारले बुझ्न नसकेको गुनासो गर्नुभएको थियो ।
कार्यक्रममा शंखरापुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष एवं साँखु बस व्यवसायी संघका पूर्व अध्यक्ष विष्णुप्रसाद श्रेष्ठले आफूहरु पनि पूर्व व्यवसायी रहेको र आफूहरुले व्यवसायीको मर्का बुझेको भन्दै आफूले स्थानीय तहबाट गर्न सक्ने सहयोग गर्न तत्पर रहेको र यस विषयमा मेयर सुवर्ण श्रेष्ठ जानकार रहेको र यस वर्ष ग्रामीण यातायात को लागि रु. २५ लाख विनियोजन गरिएको बताउनुभएको थियो ।
कार्यक्रममा नेपाली काँगे्रस क्षेत्र नं. २ का क्षेत्रिय सभापति उपेन्द्र कार्कीले व्यवसायीले पनि आम उपभोक्ताको हकहितलाई ध्यान दिनुपर्ने, उपभोक्ताहरुलाई टाईम टेबल मिलाएर सार्वजनिक यातायात सञ्चालन गरिनुपर्ने, व्यवसायीहरुको समस्यालाई पनि सम्बोधन गर्नको लागि तत्कालै स्थानीय तहबाट यस क्षेत्रमा व्यवसाय गरिरहेका सबै यातायात कम्पनीहरुलाई बोलाएर छलफल गरिनुपर्ने बताउनुभएको थियो ।
कार्यक्रमको समापन गर्दै साँखु शालिनदी यातायात प्रा.लिका अध्यक्ष एवम् रुपान्तरित साँखु बस व्यवसायी संघका अध्यक्ष गोविन्दबहादुर श्रेष्ठले यातायात व्यवसाय आफैमा चुनौतिपूर्ण रहेको, व्यवसायीहरु चटक्क व्यवसाय छाडेर हिँड्न नसकेको र आफ्नो गाउँ ठाउँको मायाले मात्रै टिकेको बताउँदै व्यवसायीहरुको हीतको लागि आफू सदैव क्रियाशील रहिरहने बताउँदै नगरपालिकासँग समन्वय गरि ग्रामिण सडकमा समेत क्रमशः सार्वजनिक यातायात सञ्चालन गरिने बताउनुभएको थियो ।
कार्यक्रम सञ्चालन एलपी श्रेष्ठले गर्नुभएको थियो ।

Facebook Comments Box

112 thoughts on “सडकको ठेक्का तोडिनुहुन्न– मेयर सुवर्ण श्रेष्ठ

Leave a Reply

Your email address will not be published.