सधैँ छ गाईजात्रा – राजु थापा, खुलालटार


जनतालाई बनायौ शिल्लि
यो देशको भयो बिचल्ली ।
महिलालाई सुहाउने सारि हो
भरियालाई चाहिने भारी हो
फुपुले भन्ने भदाह नै हो
गधा आखिर गधा नै हो  ।

मैंले तिमिलाई कर दिएँ
करको पैसा चलाउन भोट दिएँ
सट्टामा तिमिले मलाई
खाल्डै खाल्डोको सडक दियौ
पोलमा बत्ती नभएको अन्धकार दियौ
फोहर हरुको शहर दियौ
महङ्गी र बेरोजगार दियौ
आखिर तिमिले मलाई के दियौ ?
चुनाव आएपछि बोका दियौ
रक्सी हरुका पोका दियौ
खादिन भन्दा पनि खाएँ
रक्सी र मासुमा भोट हाल्नाले
मैंले आज गद्दार नेता पाएँ  ।

यि आँखाले हेर्न नपरोस
न्यायाधीशले न्याय बेचेको
वकिलले सेटिङ मिलाएको
स्कुलले शिक्षा बेचेको
बिध्यार्थीले चिंट चोरेको
जमिन नभएको चुच्चे नक्सा कोरेको
धर्म गुरुहरुले धर्म बेचेको
नेताले नागरिकता बेचेको
भ्रष्टाचार ले यो देश थिचेको
आफ्नो बाउ ले छोरा छोरी रेटेको ।

यो कानले सुन्न पाए!
निर्मला पन्तको हत्यारा भेटेको
सरकारले मल ल्याएको
किसानले मल पाएको
उखु किसान माइतिघर नआएको
मिटर ब्यजिलाइ कार्बाही भएको
सगरमाथा को पानी बेचेर
मेरो देश नपत्याउदै धनि भएको ।

Facebook Comments Box