साँखुको जेसीजको आयोजनामा भएको वक्तृत्वकला प्रतियोगिता निरुताले जितिन्

२०७८ साउन १६ गते

लावण्य/साँखु । साँखु जेसीजको आयोजनामा भएको शंखरापुरनगरव्यापी वक्तृत्वकला प्रतियोगिता स्प्लेण्डिड भ्याली स्कुलका निरुता गिरीले जितेका छन् ।

वक्तृत्वकलाको विषय थियो– “परिवर्तनका लागि उठौँ, मानव विकासमा नेतृत्वका अभ्यासहरु” ।

त्यसैगरी दोस्रो स्थानमा भगवती माध्यमिक विद्यालयका  शेरचन तामाङ र तेस्रो स्थानमा चिरायु स्कूलका महेश दंगाल रहेका छन् ।

सो कार्यक्रमका संयोजक लिजा श्रेष्ठ हुनुहुन्थ्यो ।

Facebook Comments Box