साँखुमा देवी नाच भाद्र १९ गतेदेखि २१ गतेसम्म ३ (तीन) दिन हुने !
साँखुमा प्रत्येक वर्ष कागेअष्टमीका दिन निकालिने देवी नाच यो वर्ष भाद्र १९ गतेदेखि २१ गतेसम्म हुने भएको छ ।
१२ भाद्र २०७९, मंगलवार
लावण्य/साँखु । साँखुमा प्रत्येक वर्ष कागेअष्टमीका दिन निकालिने देवी नाच यो वर्ष भाद्र १९ गतेदेखि २१ गतेसम्म ३ (तीन) दिन हुने भएको छ ।
यस वर्ष नयाँ देवी सिकाइएको हुँदा देवी नाच निकालिनु अगाडि धुँलाटोलको नाट्यश्वर मन्दिरमा पञ्चवली पूजा गरि धुँला डबलीमा सर्वप्रथम नाच देखाउने परम्परा रही आएको छ ।
प्रत्येक वर्ष कागेअष्टमीको दिन रातभरि नचाइने देवी नाच यस वर्ष भने ३ दिन नचाइने भएको छ । प्रत्येक दिन धुँला डबलीमा नाच देखाएर मात्रै अन्य टोल र डबलीमा नाच देखाउनु पर्ने बुझिएको छ ।
साँखु बजारका सबै टोलहरुमा नचाइने देवी प्याखं (नाच) सँगै ख्याः (ख्याक) प्याखं (नाच) पनि देखाईने चलन रहेको छ ।
Facebook Comments Box