साँखु जेसीजको अध्यक्षमा जयराम श्रेष्ठ निर्वाचित

२०७८ मंसिर १५ गते
लावण्य/साँखु । साँखु जेसीजको यही मंसिर १४ गते सम्पन्न २१ औँ साधारणसभाबाट जयराम श्रेष्ठलाई साँखु जेसीजको आगामी वर्ष २०२२ को अध्यक्षमा निर्वाचित गरेको छ ।
त्यसैगरी उपाध्यक्षमा कार्यकारिणी उपाध्यक्षमा अमन श्रेष्ठ र सुविना कुईकेल निर्वाचित भएका छन् भने उपाध्यक्षमा निरज श्रेष्ठ, पवन श्रेष्ठ, मनिष दुलाल र सुजन मल्ल निर्वाचित भएका छन् । त्यसैगरी महासचिवमा गणेश दुलाल मनोनित भएका छन् भने कोषाध्यक्षमा आशिष श्रेष्ठ र शाखा सम्पादकमा रणबहादुर स्याङतान मनोनित भएका छन् ।

Facebook Comments Box