साँखु जेसीजद्वारा रक्तदान
जेसीज सप्ताह २०२० चल्दै

लावण्य/साँखु । साँखु जेसीजको आयोजनामा साँखुको चलाखुटोलमा यही श्रावण ३ गते शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रक्तदान कार्यक्रममा ९५ पीण्ट रगत संकलन भएको थियो । सो रक्तदान कार्यक्रममा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाले गरेको थियो । सो कार्यक्रमको संयोजन दिपा खड्काले गरेका थिए ।
जेसीज सप्ताह अन्तर्गत बज्रयोगिनी लावण्य रिसोर्टमा यही असार २७ गते पूर्व अध्यक्ष नवराज श्रेष्ठको संयोजकत्वमा जेसीज डेको कार्यक्रम गरिएको थियो ।
त्यसैगरी श्रावण १० गते पञ्चमहालक्ष्मी मन्दिरम परिसरमा सन्ध्या पौडेलको संयोजकत्वमा वृक्षरोपण कार्यक्रम राखिएको छ भने श्रावण १७ गते सुविना कुइँकेलको संयोजकत्वमा शंखरापुर नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रम राखिएको छ ।
सोही दिन राजिब पण्डितको संयोजकत्वमा साँखु बजारमा इनार एवं कुवाहरुको क्लोरिनेसन कार्यक्रम राखिएको छ भने श्रावण २४ गते प्रसन्ना श्रेष्ठको संयोजकत्वमा महादेव मन्दिर परिसरको सरसफाई कार्यक्रम राखिएको छ ।
श्रावण ३१ गते रामनाथ योगीको संयोजकत्वमा दि हाकुज रेष्टुरेन्टमा जेसीज सप्ताहको समापन कार्यक्रम तय गरिएको छ । जेसीज सप्ताहको मूल संयोजकमा दीपक दुलाल रहेका छन् ।