साँखु बज्रयोगिनी म्हेयेपि अजिमा

– अमृतानन्द बज्राचार्य

नेपाल मण्डल स्थपाना हुनु पूर्व यस क्षेत्र कालिनागदहको रुपमा ए विशाल पानीको जलासयले भरिएको थियो । यस जलासयको लम्बाई सात कोष र सोही अनुसार चौडाई पनि सात कोष नै रहेको थियो । यस सुन्दर रमणिय प्राकृतिक स्वरुप यस स्थानमा विभिन्न साधकहरु सन्त, महन्त तथा विभिन्न साधुहरु र विभिन्न मानव बुद्ध तथागतहरुको आगमन भई विभिन्न समयमा विभिन्न नाउँबाट यस क्षेत्रलाई सम्बोधन गरेको विभिन्न पौराणिक ग्रन्थहरु, हस्तलिखित ग्रन्थ धार्मिक पुस्तकहरुमा उल्लेख भएको पाइन्छ ।

यही विसाल दहमा सत्ययुगमा बासुकी नागराजा (हिजोआजको साँखु बज्रयोगिनी स्थित) मानी आएको छ । यस कालिनागदहमा कर्कोटक नाग र उस्को श्रीमती (जहान) कालिनाग (तौ दहमा विराजमान) भैरहेको र हिजोआजपनि जनबोलीमा यथावत छ । यसै स्थान बन्धुमति (बुंगमति) नगर बसोबासी तथागत विपश्वी बुद्धबाट यस क्षेत्र अवलोकन गर्ने इच्छा अनुसार आफ्ना असंख्य अनुयायीहरु साथ तिर्थ यात्राको निमित्त यस क्षेत्र आई यो तालको उत्तर पश्चिममा पर्ने जामाच्व डाँडामा आफु र आफ्ना अनुयायीहरुसहित शुद्ध पानीमा नुहाई धुवाई गरि यस दह तीन पटक घुमी “ऊँ नमो रत्न त्रयाय” भनि प्रार्थना गरि सहप्रदले कमलको बियाँ जामाच्व (हाल नागार्जुन) स्थानबाट उत्तर पूर्व कोण फर्किएर दण्डवत गरि कमलको फूलको बियाँ विजरारोहण गर्नुभयो । सो दिन बज्रयोगिनीको जात्राको दिन (बालाजु पूर्णिमा)को दिन आजसम्म जामाच्व मेला भनि त्यस स्थानमा मेला भर्न जाने परम्परा चलि आएको छ ।

यसैगरी उत्तर पूर्व अवस्थित मणिशैल पर्वत कि देवी बज्रयोगिनी परिषद् कि मणियोगिनी त्यसबेला देखिने विराजमान भएको पावन क्षेत्र मणिचुड पर्वत यस पर्वतको नामबाट दान पारमिता तन्त्र रजा मणिचुड, राजा ने राज गरेको स्थानलाई “शंखच्व” पर्वत पनि भनिन्छ ।

बुद्ध वंशमा विपश्वी बुद्ध निर्वाण पछि शिखि बुद्धको जन्म भयो । अरुणावति उद्यानमा विराजमान शिखिबुद्ध आफ्नो अनुयायीहरुलाई धर्म देशणा सधर्म उपदेश मध्य र अनन्त कल्याण हुने उपदेश दिनुभएको थियो । यस धर्म देशणा सुन्नको निमित्त शेषनागराजा पनि आउनुभएको थियो । यस विशाल नागदहमा त्यसबखत यस क्षेत्रमा विशाल भूकम्प गएको थियो । सो कम्पन हिमालय पर्वत तिरको भूभागमा विपश्वी बुद्धबाट रोपन गरिएको कमलको जरामा समेत कम्पनको प्रभावले ज्यातिमय पञ्चरश्मी धर्मधातु स्वयम्भु उत्पत्ति भयो भनेर विभिन्न ग्रन्थमा उल्लेख गरिएको पाइन्छ । सो कम्पन शेषनागराजा पनि धर्म देशनामा सम्मिलित हुन आएकोले भएको भनि विभिन्न ग्रन्थहरुमा उल्लेख गरिएको पाइन्छ ।

यस धर्म देशना गर्नुभएको बेला शिखि तथागत बुद्धले सो प्रवचनमा स्वयम्भु दर्शन गर्नुभएको थियो र सो धर्म धातु स्वयम् वा आफसे आफ उत्पन्न भएको कारणले स्वयम्भु ज्योति पञ्चरश्मीको प्रभावले पञ्चतत्वको ज्ञानको निमित्त पञ्चबुद्धको प्रादूर्भाव भएको थियो । यी पञ्चबुद्धहरुको नाम यस प्रकार छ– १) वरद मुद्रामा पहेँलो वर्णको रत्न सम्भव २) भू स्पर्श मुद्रामा निलो वर्णमा अक्षभ्य ३) धर्म देशना मुद्रामा सेतो वर्णमा वैरोचन ४) ध्यान मुद्रामा रातो वर्णमा अभिताभ र ५) अभय मुद्रामा सुगा रंगमा अमोघ सिद्धि यी तथागतहरुको वर्णन गरिएको पाइन्छ ।

यसप्रकारले पृथ्वी कम्पन भएकोले हे बज्र श्री नैरात्ममा देवी (गुहेश्वरी) प्रादूर्भाव हुनेछ भनि शिखि बुद्धद्वारा भविष्यवाणी भएको थियो । यो माथिको आख्यान अनुसार हे बज्र नैरात्मा देवी गुहेश्वरी पनि बज्रयोगिनीको एक अर्को रुपमा लिने गरिन्छ ।

नागवास दहको दक्षिण पूर्व दिशामा फुलच्व पर्वतमा विश्वभु बुद्धको आगमनमा यस कालिनाग दह दर्शण गरि १,२५००० फुल अर्पण गरि ध्यानमा बस्नुभएको बेला उहाँको ध्यान शक्तिले श्रद्धा शक्तिबाट पृथ्वी कम्पन भएको थियो । यस कम्पनबाट गगनगञ्जदेखि पृथ्वीसम्मको कम्पनले उहाँबाट भविष्यवाणी गर्नुभयो पञ्चशिखर पर्वतबाट महामञ्जुश्री बोधिसत्व र उहाँका जहानहरु केसनी र उपकेसनी सहित यस क्षेत्रको पानी विस्थापित गरि एक सुन्दर र शान्त नगरको भविष्यवाणी गरि विश्वभु तथागतले बुद्ध ज्ञान प्राप्त गर्नुभयो ।

यसै सिलसिलामा पञ्चशिखर हिमालय पर्वत गई त्रैलोक दर्शन समाधिमा ध्यान गरिरहनुभएको गुरु महामञ्जुश्री क्ष्ोत्र निर्माण कार्य मञ्जु देवचार्यबाट चच्छु ज्ञान (अन्तरमन) विश्वभु तथागत ध्यान गरिरहेको भविष्यवाणी यस कालिनागदहको पानी र पञ्चरश्मी धर्मधातु नागदहमा प्रफुल्ल भएको कमलको फूल सहप्रदल र ज्योतिमयस्वरुप स्वयम्भु दर्शन भयो । आफ्नो भित्री आत्माको साधना पछि यस चच्छु ज्ञान वरदा र मोक्षेदा सहित संदेश (तिब्बत) बाट राजकुमार धर्माकर, महाँकाल, गणेश आदि  सहित बोधिसत्व महामञ्जुश्रीको निर्माण कार्य मञ्जुदेवाचार्य आफुसँग भएको चन्द्र हास खड्ग प्रज्ञाका अनगिन्ती ग्रन्थहरु र सिंह सहित यस कालिनागदह तीन चोटी परिक्रमा गरि चार कुनाबाट यस नागदह दर्शन गर्नुभएको स्वयम्भु पुराणमा उल्लेख गरिएको पाइन् छ ।

यस दहको पूर्व पत्ति सबैभन्दा पहिले शंखच्व पर्वतको पञ्चरश्मीयुक्त धर्मधातु स्वयम्भु ज्योतिरुप दर्शन गर्नुभएको थियो, सो स्थान हिजोआजको शिवपूरी÷शंखोदक पर्वत, क्रकुछन्द बुद्धबाट प्रवज्ञा गराएका ब्राम्हण र क्षेत्रीहरु र्बाैद्धिज्ञान मार्गको बाटोको प्रवचन भएको स्थान हाल बज्रयोगिनी देवीको परिषरलाई नै मानिन्छ ।

यसैगरी यस पछि फूच्व पर्वत दर्शन गरि वरदा (वरदान) दिने देवीलाई विराजमान गराई त्यसपछि चन्द्रागिरी पर्वत दर्शन गरि मोक्षेदा (निर्माणको देवी) यस स्थानमा विराजमान गराई यस कालिनाग दहको बीचभागको कामलको फूल ज्यातिमयस्वरुप स्वयम्भु दर्शन गर्नुभएको थियो ।

यस्तो सुन्दरमय दहको पानीको बीच भागमा भएको कमलको फूल ज्योतिमयरुप स्व्यम्भु धर्मधातु दर्शन गर्नुको निमित्त यस दहको पानी विस्थापित गर्न सकेको खण्डमा यस स्थानमा आउने भक्तजनहरुले सुविधा पूर्वक यस धर्मधातु दर्शन गर्न पाउने कविचार गरेर यस नागदहको गहिरा भाग (खण्ड) विचार गरेर दक्षिणतर्फको भाग होचो भाग कच्छपाल पर्वत यसलाई काम्पोतल पर्वत भनि भनिन्छ । यस स्थान पर्खालजस्तो भीर भैरहेकोलाई आफ्ना सहयोगीहरुको सहयोगबाट आफुले ल्याएको चन्द्रहास खड्गको प्रतिवेगमा प्रहार गरि पर्वतलाई छेडविछेड (फोडि) गरि दिए  र यस नागवास दहको पानी बाहिर पठाएको स्वयम्भु पुरान र स्वयम्भु महाचैत्य ग्रन्थमा उल्लेख गरिराखेको पाइन्छ ।

मञ्जुदेवाचार्यबाट यति काम गर्नुृ अघि उहाँहरु महामण्डप हिजोआज यसलाई नगरकोट भनिन्छ । यसलाई नेपालभाषामा ल्हासापाको यस स्थान तिन दिन तिन रात बसोबास गरेको थियो सो स्थानबाट श्रीश्रीश्री ज्योतिमय धर्मधातु स्वयम्भु ज्योतिरुपको दर्शन गर्नुभएको थियो । यस पञ्चरश्मी लाई श्रद्धा गरि दर्शन गरि स्तोत्र पाठ गर्नुभएको सो स्थानबाट मणिशैल पर्वत (शंखच्व) का देवता महाचिनताराको नाउँबाट तोत्रपाठ गरि यस कालिनाग दहको पानीले त्यसबेला आजभोलिको स्वयम्भु वागिश्वरी धर्मधातु पानीले पुरिराखेको भनि स्वयम्भु पुरानमा प्रष्ट लेखिएको पाइन्छ ।

चन्द्रहास खड्ग प्रतिवेग सो पर्वतमा प्रहार गर्नु पर्ने यस पर्वतलाई अधिष्ठान र याचना गरी बोधिसत्व मञ्जुदेवाचार्यबाट त्यस्तो गर्नुपर्ने कारण बताई श्रीश्रीश्री पञ्चरश्मी स्वयम्भुयुक्त ज्योति भविष्यमा श्री वागिश्वरी धर्मधातु महाचैत्यको महत्वपूर्ण तीर्थको नाममा पूण्यभूमी हुसने भएको कारणले सबै देव देवता यस क्षेत्रमा अवतरण हुने भएको कारणले भनी यहाँ भएका अनगिन्ती नागराजाहरु विराजमान कर्कोटक नागराजालाई सुख र दुःखको कुरा जाहेर गर्नु भएको थियो र यस नागराजालाई सम्मानका साथ तःदहमा विराजमान गराएको विभिन्न ग्रण्ठहरुमा उल्लेख भएको पाइन्छ ।

सत्य युगको भद्रकल्पमा मणिशैल पर्वतमा श्रीश्रीश्री बज्रयोगिनी देवीको विभिन्न रुप अवतारमा पञ्चरश्मीयुक्त आगोको ज्वालामा विराजमान भएकी भनि यहाँ भएको ग्रन्थ मणिशैल महावदान अनुसार यस ग्रन्थमा उल्लेख अनुसार यस कालिनागदहको पानी बाहिर गएपछि मात्र स्वयम्भु ज्योतिरुप वागिश्वर धर्मधातु महाचैत्य उत्पन्न भएको देखिन्छ ।

स्वयम्भु पुरान अनुसार मञ्जुदेवाचार्यले सहस्रदल कमलको फूलको जरा लिएको स्थान बालाजु लखेपाताल (हाल दगुर्ने पानी) पुरानो गुहेश्वरी, खगनादेवी श्री हेबज्रनैरात्मादेवी दर्शन दिएको शम्वरोदय दिसिपुजा आजसम्म बज्रयान बौद्ध धर्मावलम्बीहरुले धर्मा उत्पत्ति भएको दिनको रुपमा सो दिनलाई विशेष महत्व दिएको छ ।

मञ्जुदेवाचार्यबाट निर्माण गरिएको मनुष्य गणहरुलाई बसोबास गर्नुको निमित्त बनाएको स्थान मञ्जुपटन नगर नामाकरण भएको क्षेत्र येंगा (यंगाल) काठमाडौँको मञ्जुश्री टोल देखि मजिपाटसम्मको स्थान ठहर गरिराखेको छ ।

स्वयम्भु पुरान अनुसार वाराणसीको विक्रमशील महाविहारको बौद्ध विद्वान धर्म श्री मित्र महामञ्जुश्री र नामसंगिती बारे धर्मदेशना गरिरहनुभएको बेला यस देशनामा उहाँका अनुयायीले धर्म श्री गुरुसँग नाम संगितीको द्वादशाक्षेर बारे राख्नुभएको प्रश्नको उत्तर दिन नसकेको कारण उहाँले (धर्मश्री) महामञ्जुश्री गुरुको प्रवचन सम्झे र उहाँले थाहा छ भनि यकिन गरि महामञ्जुश्री बोधिसत्व पञ्चशिर्षस्थ विराजमान भएको चच्छु ज्ञान प्राप्त भयो । धर्मश्री भित्र महाचित्तमा मञ्जुश्री बोधिसत्व दर्शनणको निमित्त नेपालको बाटो लागियो र मञ्जुश्री बोधिसत्व धर्मश्री भित्र नेपाल मण्डलमा नै भेट्नुको निमित्त स्वयम्भु वागिश्वर धर्मधातुको बन्दना गरिराख्नुभएको थियो । मञ्जुश्री बोधिसत्व किसानको भेषमा धर्र्मश्रीको बाटोमा सिंह र शार्दूललाई हलो जोतिरहनुभएको भनि स्वयम्भु पुरानमा उल्लेख गरिराखेको पाइन्छ । यस स्थान हालको सामाखुशी तिर पर्दछ । धर्मश्री भित्रले सो किसानसँग महाचिनको बाटो कहाँ भनी प्रश्न गरेको बेला साँझको समय आज पुग्न सक्दैन भोलि बिहान प्रस्थान गर्नुहोला आज मेरो कुटीमा बस्नुहोला भनि भनेको अनुसार महाचिन अब धेरै टाढा नभई भोलि पुग्न सक्ने अवस्था भैसक्यो । महाचिन भनेको आजभोलिको ल्हासा (तिब्बत) होइन जस्तो लाग्छ । यस बज्रयोगिनी परिषर स्थानमा विराजनमान देवतालाई महाचिन तारा भनि सम्बोधन पनि गर्दै आएको छ । यही प्रकारले यस क्षेत्रमा बज्रयोगिनी र खड्गयोगिनी र हिन्दूधर्मावलम्बी वा शिव मठ अनुसार दश महाविद्याकि उग्रतारा देवी पनि भन्दछन् ।

बज्रकुट पर्वत र महाचिन पर्वत भनेको एकै स्थान हुनु पर्दछ । बज्रयानीहरु यस स्थानलाई बज्रकुट पर्वत भन्दछन् स्वयम्भु पुरान अनुसार महामञ्जुश्री महाचिन फर्किएको सन्दर्भमा उहाँ बज्रकुट पर्वतमा नै विराजमान हुनुभयो भनि उल्लेख विभिन्न धार्मिक ग्रन्थमा पुष्टि गरिराखेको पाइन्छ ।

साँखु बज्राचार्यहरुको ग्रन्थ मणिशैल महावदान अनुसार महामञ्जुश्री आफ्नो कार्य समाप्त गरि फर्कँदा बज्रयोगिनी पट्टीको एक सानो मन्दिरसम्म पुगेको बेला उहाँ सोही स्थानमा लिन हुनुभयो भनि यहाँका भक्तजनहरु बिश्वास गर्दछन् । सो स्थानमा शिलाको एक मूर्तिलाई नेमुनीको मूर्तिबाट चिनिन्छ । सो गुँविहार बज्रकुट बज्रयानहरुको धर्मधातु महाविहार पनि भनिन्छ । यस विहारलाई पद्मगिरी धर्मधातु महाविहार पनि भनिन्छ ।

किराँतकालिन राज्य सत्ता चलाएको अनुसार टोखा नगरदेखि शंखमुल सम्म फैलिएको किराँतीहरुले २९ पुस्ताराज्य गरेको देखिन्छ । त्यसबेला ठाउँ ठाउँमा देवगणहरु स्थापना गरि अजिमाको रुप्मा म्ह्य्पि अजिमा पनि आउँछ । यस्को पूजारीका अनुसार शंकराचार्य बाट सुरु भएको मान्यता रही आएको छ । यस क्षेत्रको लोकप्रिय आजको होइन नेपालमण्डलको विषय स्थानको देवी देवताहरुको जिर्णोद्धार (लांपुं छायेगु) विशेष पूजामा यसै परिषरको माटो लिनुपर्ने नियम रही आएको छ ।

स्वयम्भु पुरान अनुसार म्हेय्पि अजिमा स्वयम्भु महाचैत्यभन्दा पुरानो देखिन्छ । किनभने शान्तिपुर स्थापना गर्नुको निमित्त सो आँगण बनाउँदा यहाँ भित्र र्नै गुह्य देवता योगम्वर ज्ञानेश्वरी स्थापना गरेको स्वयम्भु पुरानमा उल्लेख गरिराखेको छ । शान्तिपुर भन्दा पुरानो साँखु बज्रयोगिनीको रुपवती योगाम्वर (हेरुक सम्वर) र दिपंकर तथागत आदि बुद्धको रुपमा मानि आएको पाइन्छ ।

यस म्हय्पि अजिमाको जात्रा तान्त्रिक विधि अनुसार गरिन्छ र तान्त्रिक विद्या अनुसार पौराणिक महत्वपूर्ण दिन विपश्वी बुद्धद्वारा कमलको विजारोपन गरेको दिन बालाजु पूर्णिमाको दिनमा जात्रा गरिन्छ । यस अजिमा स्वयम्भु पुरान अनुसार स्वयम्भु महाचैत्य सँग पनि विशेष सम्बन्ध जोदिएको छ । राजा प्रचण्डदेव ‘प्रवज्ञा सम्बर’ ग्रहण पछि शान्तिकराचार्य भई योगाम्बर ज्ञानेश्वरीको नित्यपूजा गरिरहनुभएको अन्तमाम मञ्जु बज्रको रुपमा शान्तिपुर स्वयम्भुमा समाधिलिन भएको भनि स्वयम्भु पुरानमा उल्लेख भएको छ ।

महामञ्जुश्रीबाट नेपालमण्डल नागदह भैरहेको दहलाई चोवहारको न्हसिकापबाट पानी पठाई यस क्षेत्र मानववस्ती योग्य बनेपछि मञ्जुपटन नगर बनेको र मञ्जुबज्रको वस्ती भनि राखेको हालको मुसंवहालका बज्राचार्यहरु नै शान्तिकराचार्य भैरहेको सो पूजारी नै स्वयम्भु शान्तिपुरका पूजारी पदवी राजा लक्ष्मीनरसिंह मल्लको राज्यकालमा लेखिएको “नाग साधना” हस्तलिखित ग्रन्थमा मुसुम्बहालबाट मखनबहालमा अपुताली प्राप्त भएको थियो । तत्पश्चात साम्हेयगु महाविहार (शान्तिपुर) र प्रतापपुरमा पनि पर्व पूजा चलाउने अधिकार पाएको थियो ।

यसै गरि प्रताप मल्लले शान्तिपुर प्रवेश गर्दा पनि यसै महाविहारकै बज्राचार्य शान्तिकराचार्यको रुपमा प्रवेश गरेका थिए । यस मखन बहालका बज्राचार्यहरुको कूल देवता पनि बज्रयोगिनी मानि आएको छ । सो शान्तिपुर जाने बज्राचार्यलाई महाचिनताराको रुपमा लिने गरिन्छ । सोही शान्तिकराचार्य म्हय्पि अजिमाको पनि पूजारीको रप्मा पूजाआजा गरि आएको हाल सो पूजा म्हय्पि अजिमाको पूजारीहरु झ्वावहालका बज्राचार्यहरु बाट गरि आएको देखिन्छ । सो पूजारीहरुको पनि कूल देवता साँखु बज्रयोगिनीलाई मानि आएको छ । यस झ्वावहाल बज्राचार्यहरु साँखु बज्रयोगिनीका प्रतिमूर्ति स्थापना गरी गम्बहाल, झ्वावहाल, ध्वाखाबहालका बज्राचार्यहरु दिवाली देवताको रुपमा मानि आएको छ ।

(प्रतिक्रियाको लागि lwsandesh@gmail.com)

– अमृतानन्द बज्राचार्य,

९८४११७८६२३÷०१–४४४३२४६

Facebook Comments Box