सानागाउँका केशव श्रेष्ठले माधवनारायण मन्दिर निर्माणको लागि ३ लाख ३३ हजार ३ सय ३३ सहयोग
२०७८ कार्तिक १३ गते
लावण्य/साँखु । मुलुककै बहुचर्चित प्रख्यात धार्मिक स्थल साँखुको शालिनदी परीसरमा बन्न लागेको श्री माधवनारायणको मन्दिर निर्माणको लागि शंखरापुर ९ सानागाउँका केशव श्रेष्ठले हालसम्मकै ठूलो राशी ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ ।
उहाँले सो रकम आज शालिनदी स्थित मन्दिर निर्माण स्थलमै पुगेर श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठलाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो । उहाँले यो सहयोग रकम आफ्नो जन्मदिनको अवसरमा गर्नुभएको हो ।
यस अघि मन्दिर निर्माणको लागि आर्थिक सहयोग गर्नेहरुको नाम यस प्रकार रहेको छ–
१) राधाकृष्ण श्रेष्ठ सुन्टोलबाट २,११,१११÷–
२) पूर्ण बहादुर श्रेष्ठ ईपाटोलबाट रु १,०५,५५५÷–
३) विष्णुप्रसाद श्रीखण्ड श्रेष्ठ ईपाटोलबाट रु १,०१,१०२÷–
४) हरिबहादुर श्रेष्ठ बेसीगाउँबाट रु १,००,०००÷–
५) मोहनलाल श्रेष्ठबाट रु १५,५५५÷–
६) सानु श्रेष्ठ सुन्टोलबाट रु १५,०००÷–
७) सुन्दरीमाया श्रेष्ठ साल्खाबाट रु ११,११३÷–
८) अनामिका श्रेष्ठ चलाखुबाट रु ५,५५५÷–
९) ईश्वरी श्रेष्ठबाट ५,००५÷–
१०) शोभा श्रेष्ठबाट ५,००५÷–
११) रामहरी न्यौपाने बुढानिलकण्ठबाट ५,०००÷–
१२) लोकेश्वरी श्रेष्ठबाट २,००५÷–
१३) केशरी श्रेष्ठ, केशव श्रेष्ठबाट रु २,०००÷–
१४) गिता थापा मगरबाट रु १,१००÷–
१५) मणिरत्न श्रेष्ठ धुँलाबाट रु २००÷–
१६) गिता कुमारी राईबाट रु १२५÷–
यसरी हालसम्म मन्दिर निर्माणकै लागि सहयोग रकम ९ लाख १६ हजार ६ सय ३४ प्राप्त भएको जानकारी अध्यक्ष श्रेष्ठले दिनुभएको छ । वहाँले सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्दै निरन्तर सहयोगको अपेक्षा राखेको बताउनुभएको छ ।