स्थानीय स्काउट प्रमुख र संरक्षकलाई दिक्षा दिईयो

लावण्य/साँखु । नेपाल स्काउट बागमति प्रदेशका संयोजक शिवराम अर्यालले स्थानीय संरक्षक शंखरापुर नगरपालिकाका मेयर रमेश नापित र उप मेयरसमिता श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ एवं नेपाल स्काउटको दिक्षा दिनुभएको छ ।
साथै सोही कार्यक्रममा कोभिड–१९ को समयमा दिन रात सामाजिक सेवामा खटिएका स्वयंसेवकहरुलाई पदक वितरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम स्थानीय स्काउट संयोजक धर्म भक्त मल्लको सभापतित्वमा, नगर प्रमुख एवम् स्थानीय तह स्काउट संरक्षक रमेश नापितको प्रमुख आतिथ्यता मा सम्पन्न भएको थियो ।
कार्यक्रममा विशेष अतिथिका रुपमा नगर उप प्रमुख एवम् स्थानीय स्काउट प्रमुख समिता श्रेष्ठ, नेपाल स्काउट बागमति प्रदेश संयोजक शिवराम अर्याल, बागमति प्रदेश सल्लाहकार एवम् अन्तर्राष्ट्रिय तालिम केन्द्रका संयोजक केशरत्न बज्राचार्य हुनुहुन्थ्यो भने अतिथिहरुमा सक्व क्र्यूका अध्यक्ष लकस श्रेष्ठ, साँखु जेसिजका पूर्व अध्यक्ष राजेश श्रेष्ठ, लावण्य सन्देशका सम्पादक पवनलाल श्रेष्ठ हुनुहुन्थ्यो ।
कार्यक्रममा स्काउट लिडरहरू, रोभर रेन्जरहरूको उपस्थिति रहेको थियोे ।

Facebook Comments Box