स्वस्थकर खाना र स्वास्थ्य

– प्रमोदसुवेदी –
कान्तिपुर क्याम्पस
आजकलका बालबालिकाको सबैभन्दा मनपर्ने खानेकुरा के हो भनी सोध्यो भने उनीहरुको उत्तर हुन्छ, चाउचाउ, मःमः, चाउमिन, चिजबल, चकलेट आदि । यस्ता खानेकुराले मानव स्वास्थ्यमा फाइदा नगर्ने मात्र होइन प्रत्यक्षरुपमा मानव स्वस्थ्यमा नकारात्मक असरसमेत पार्दछ ।
जङ्क फुड अर्थात् पत्रु खानेकुरा जसले मानव स्वास्थ्यमा गम्भीर असर पारिरहेको तथ्याङ्क विभिन्न अध्ययन तथा अनुसन्धानबाट निस्किसकेको छ । तरपनि आज नेपाली समाजमा यस्ता खानेकुराको प्रयोग घट्नुको सट्टा बढिरहेको छ । घरमा खाजा, होटल तथा रेस्टुरेन्टमा खाजा, पाहुना लाग्दा कोसेली, साना बच्चालाई पापा, बसमा यात्रा गर्दा खाजा, जहाँपनि यस्ता खानेकुराको प्रयोग पाउन सकिन्छ । मीठो, बनाउन सजिलो, चट्ट मुख नै रसाउने स्वादिलो खानेकुरा भएपछि कसले अरु चिज खान मन पराउँछ र ? तर स्वाद र सजिलो मात्र हेरेर व्यक्तिको शारीरिक तथा मानसिक स्वास्थ्यलाई ख्याल नै नगरी आफ्नो दैनिक जीवनमा यस्ता खानेकुराको मात्रा बढाउनु उपयुक्त हो त ? कदापि पनि होइन । स्वास्थकर खानपानले मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यलाई प्रत्यक्ष रुपमा फाइदा गरिरहेको हुन्छ । मुखको स्वाद र सजिलोका लागि हामीले रोजिरहेका खाद्यवस्तुले हाम्रो शरीरमा दीर्घकालीन रुपमा पार्ने असरको ख्याल गरेर यस्ता खाद्यवस्तुलाई सके पूर्णतः नसके आंशिक रुपमा प्रयोग गरेर स्वस्थकर जीवनयापन गर्न सकिन्छ । मीठो खाने भन्दापनि स्वस्थकर खाने भन्ने कुरालाई मनन गर्दै यस्ता पत्रु खानेकुरालाई आफ्नो रुचिक्षेत्रबाट हटाउन सकियो भने आपूm र आफ्नो परिवारको स्वस्थकर जीवन हुने कुरामा ढुक्क हुन सकिन्छ ।