हाम्रो स्वास्थ्य . . . . . .

बच्चालाई माटोमा किन खेल्न दिने ? माटोमा के पाइन्छ ?
कतिपय अभिभावक हुन्छन्, छोराछोरीलाई बाहिर आफुखुसी हिँड्न र खेल्न नदिने । उनीहरु बाहिर गएर खेल्दा फोहोर हुन्छन् । हिलो, माटो लाग्छ । जथाभावी हिलो माटोमा खेलेमा रोग लाग्छ । लुगाफाटो मैला हुन्छ ।
त्यही कारण उनीहरु आफ्ना बालबच्चालाई घरको चौघेरामा, कोठामा राख्छन् । घरभन्दा बाहिर जाने अनुमति दिदैनन् । घर बाहिर गएमा माटोमा खेल्छन्, पानीमा खेल्छन् । लड्न सक्छ, मैला लाग्न सक्छ । बरु घरभित्र भएमा उनीहरु सुरक्षित हुन्छन् । फोहोर(मैला लाग्दैन । लुगाफाटो धुने झन्झट हुँदैन ।
तर, कुरा विपरित छ । बच्चालाई माटोको सम्पर्कमा रहन दिनुपर्छ । माटोमा खेल्न दिनुपर्छ । हिलो, माटो, पानीसँग रमाउन दिनुपर्छ । यसले गर्दा उनीहरु फोहोरी हुने होइन । उनीहरुलाई रोगको संक्रमण लाग्ने पनि होइन । बरु रोगसँग लड्ने क्षमता बढाउँछ । उनीहरुको मांशपेसी, हड्डी बलियो हुन्छ । शरीर लचिलो हुन्छ । रक्तसंचार राम्ररी हुन्छ । यसले गर्दा उनीहरु बलियो र तन्दुरुस्त हुन्छन् ।
त्यसैले बच्चालाई माटो, पानीबाट विच्छेद गर्ने होइन । बरु माटोमा खेल्न दिनुपर्छ ।
शहरिया बालबच्चा र गाउँघरका बालबच्चालाई तुलना गरेर हेर्नुहोस् त । गाउँघरमा हुर्किएका बच्चाहरु माटो खेल्छन्, पानी खेल्छन्, रुखमा चढ्छन्, गाईबाख्राको सम्पर्कमा पुग्छन् । भलै उनीहरुको लुगाफाटो मैला होला । पानी खेलेर बेलाबखत रुघाखोकीले सताउन सक्ला । तर, यस्ता रोगहरु विस्तारै पचाउँदै जान्छन् ।
जबकी शहरमा सुकिलो बनाएर, पोषिलो खानेकुरा ख्वाएर हुर्काएका बच्चा हेर्दा राम्रो देखिएपनि शारीरिक रुपमा कमजोर हुन्छन् । सानोतिनो रोग वा संक्रमण सहन नसक्ने हुन्छन् ।
बच्चालाई बलियो बनाउनका लागि उनीहरुलाई माटोमा उन्मुक्त खेल्न दिनुपर्छ । माटोको सम्पर्कमा रहँदा बच्चाको रोग प्रतिरोधात्मक क्षमता पनि विकास हुन्छ ।
माटोमा के पाइन्छ ?
माटोमा खनिज, जल, वायु, कार्बनिक पदार्थ र अनगिन्ती जीवको जटिल मिश्रण पाइन्छ । माटोलाई पृथ्वीको छाला पनि भनिन्छ । साथै यसले शरीरका कतिपय रोग हटाउने काम गर्छ । पुरानो जमानामा कुनै चोट लागेमा माटोको लेप लगाइदिने चलन थियो । अहिले पनि मुल्तानी माटो सौन्दर्यका लागि प्रयोग गरिन्छ । यसलाई फेसप्याक बनाएर लगाइन्छ ।
गुड ब्याक्टेरिया
माटोमा स्वास्थ्य मैत्री ब्याक्टेरिया पाइन्छ, जुन बचचाको मानसिक र शारीरिक विकासका लागि आवश्यक हुन्छ । माटोमा खेल्दा बच्चाहरु बलियो हुन्छन् । उनीहरुको रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।
रचनात्मक सोच
मन्टेश्वरी विधीमा बच्चालाई माटोमा खेल्न दिइन्छ । अर्थात उनीहरुलाई मनलाग्दो खेल्न दिइन्छ । माटोमा उनीहरुले खेलिरहँदा के बनाउँछ ? कस्तो आकृति बनाउँछ ? यसले उनीहरुको मनोविज्ञान पनि झल्कन्छ ।
माटोमा खेल्दा बच्चाहरुको रचनात्मक क्षमता बढ्छ ।
खुसी मिल्छ
खेल्न पाउँदा बच्चाहरु यसैपनि खुसी हुन्छन् । माटोमा खेल्न पाउँदा अरु बढी उत्साहित हुन्छन् । माटोमा विभिन्न आकृति बनाउने, भत्काउने गर्छन् । यसबाट मिल्ने अर्को फाइदा भनेको उनीहरु ल्यापटप, मोवाइलको कुलतमा फस्दैनन् । घरभित्रै बसेर ल्यापटप वा मोवाइल चलाइरहँदा बच्चाको मानसिक, शारीरिक विकासमा अवरोध पैदा हुन्छ । जबकी माटोमा उन्मुक्त खेल्दा उनीहरु निरोगी हुने, सक्रिय हुने, गतिशिल हुने मात्र होइन, रचनात्मक पनि हुन्छन् ।
प्रकृतिसँग प्रेम
माटो नै सम्पूर्ण प्रकृतिको आधार हो । हाम्रो शरीर पनि माटोमै मिल्छ । संसारका ति सम्पूर्ण भौतिक कुराहरु अन्तत
ः माटोमै विलय हुन्छ । यसर्थ माटोसँग हाम्रो जीवन(चक्र गाँसिएको छ ।
प्रकृतिसँग जति लय मिलाउन सक्छौ, जति एकाकार हुन सक्छौ, उत्तिनै खुसी मिल्छ । यसर्थ बालबच्चालाई पनि माटोसँग, प्रकृतिसँग एकाकार हुन सिकाउनुपर्छ । उनीहरुलाई माटोसँग खेल्न दिनुपर्छ । माटोको महत्व बुझ्न दिनुपर्छ । माटोको सुगन्ध अनुभूत गर्न दिनुपर्छ ।
आमाहरु आफ्ना बच्चासँग रुखो बन्छन् किन ?
अमेरिकाको रोचेस्टर विश्वविद्यालयका अनुसन्धाताहरूले जनाएअनुसार जुन महिलामा अवसाद (डिप्रेसन)को स्तर बढी हुन्छ, उनीहरू आफ् ना सन्तानसँग धेरै कडा रूपमा प्रस्तुत हुने गरेका छन् । यो अध्ययन ‘डेभलपमेन्ट एन्ड साइकोप्याथिक’ जर्नलमा प्रकाशित छ । अनुसन्धान टोलीकी नाइके र रोचेस्टरकी सहायक प्राध्यापक मेलिसा स्टर्ज एपलका अनुसार अवसाद र गरिबीले गर्दा नै आमाहरूको आफ्ना बालबालिकासँगको व्यवहारमा नकारात्मक परितर्वन आउँछ । गरिबीकै कारण आमाहरूले सन्तानको माग चाहेर पनि पूरा गर्न सक्दैनन् ।
किन हुन्छन् त महिलाहरू तनावग्रस्त ? हालैको अध्ययन अनुसार प्रायः महिलाले एकै पटक न्युनतम ६ वटा भूमिका निर्वाह गर्नुपर्ने हन्छ ः साथी, भान्से, हाउस किपर, आमा, छोरी, कर्मचारी, प्रेमिका, चालक, निजी सहायक र सहकर्मी आदि आदि । यसै कारण दैनिक जीवनमा उनीहरू ले नै धेरै कठिनाइ सामना गर्नुपर्छ । पुरुषहरू चाहिं मुख्य रूपमा साथी, चालक, ह्यान्डिम्यान र बुबाको भूमिकामा हुन्छन् ।
यस्तै, व्यस्तताले ९७ प्रतिशत महिलालाई धेरै तनावग्रस्त बनाइरहेको हुन्छ । उक्त अध्ययनमा सामेल एक तिहाइ महिलाले यस्तो तनावबाट मुक्ति पाउन रक्सी पिउने गरेको जनाएका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.