२२ असार , काठमाडौं । सन् २०२४ को निर्वाचनको बेला ट्रम्पको प्रमुख समर्थक तथा ट्रम्पलाई २५ करोड डलर चन्दा दिएको चन्दादाताको रुपमा परिचित एलन मक्सले अन्तत नयाँ दल खोल्ने घोषणा गरेका छन् । उनले नयाँ दलको नाम ‘अमेरिका पार्टी’ रहेको घोषणा समेत गरेका छन् । दल घोषणा सगै अमेरिकन अर्बपति एलन मक्सले अब अमेरिकाले दुई दलीय राजनितिक व्यवस्थाबाट अमेरिका मुक्त हुने कुरा बताएका छन् ।
गत सालको अमेरिकन रास्त्रपतिको निर्वाचनको बेला बेला मस्क ट्रम्पको प्रमुख समर्थक थिए । ट्रम्प अमेरिकी रास्ट्रपति निर्वाचित भैसकेपछि यी दुई
बिचको सम्बन्ध चिसिएको थियो
अमेरिकाको स्वतन्त्रता दिवसको अवसरमा मस्कले एक्स अकाउन्टमा एक पोल राख्दै उनले जनमत आहवान गरेका थिए । त्यहाँ उनले लेखेका थिए– के तपाईं दुई पार्टी सिस्टमबाट स्वतन्त्रता चाहनुहुन्छ ? के हामीले नयाँ पार्टी बनाउनुपर्छ ? यी प्रश्नमा मत व्यक्त गर्न दिइएका दुईवटा अप्सनहरुमध्ये ६५.४ प्रतिशतले नयाँ पार्टी बनाउनुपर्छ भन्ने पक्षमा मत व्यक्त गरेका थिए ।