मानिसको आयु उसैको हात, मुख र सोचमा हुन्छ: हरि प्रसाद सोडारी


 

शरीर अनुकूलको खाने, भूगोल र प्रकृतिअनुसार जीउने, परिस्थिति अनुकूल सोच्ने, माटोलाई मनन गर्ने, मातालाई नमन गर्ने हुँदा पुर्खाको लामो आयु भयो । वैदिक शास्त्रहरूले लामो उमेरसम्म निरोगी बनेर जीउने शारीरिक, मानसिक, आध्यात्मिक नियम एवं उपचारका विधिहरू सिकाएका छन् । शरीर माध्यं खलु धर्म साधनम् शरीरद्वारा सम्पूर्ण कार्य गरिने हुनाले उचित खानपान, आवश्यक व्यायाम, समयअनुकूलको कर्म आवश्यक छ ।

शरीर नै आत्माको घर हो, देवताको मन्दिर हो,बुबाआमाको उपहार हो । यसलाई बिगार्ने वा रोगी बनाउने कर्म गर्नु पाप हो । शरीरद्वारा ध्यान, धन, ज्ञान, मुक्ति प्राप्त हुन्छ । देवता, ब्राé, गुरु, ज्ञानीहरूको पूजा, पवित्रता, सरलता, ब्रéचर्य र अहिंसा नै शरीरका तप हुन् जसले निरोगी र आयु लामो बनाउँछ । जीवेद शरद शतम् असल व्यवहार र कर्मका साथ सय वर्षसम्म बाँच्ने हाम्रो सिद्धान्त हो । भौतिक सुविधा, विलासी जीवन, स्वादिलो खानाले मात्र आयु लामो बनाउन सक्दैन । शारीरिक र मानसिक व्यायाम, वातावरण एवं खाद्यपदार्थको ऊर्जा, पवित्र सोच, शुद्धताको शक्तिले आयु बढाउँछ । खराब कर्म, प्रतिकूल स्वास्थ्य लिएर हजारौँ वर्ष बाँचे पनि त्यसको आयु लामो मानिँदैन ।

अनभ्यासेन वेदानामाचारस्य च वर्जनात् । आलस्यादन्नदोषाच्च मृत्युर्विप्राञ्जिघांसति । –मनुस्मृति ९५।४० अर्थात्, “वेद नपढ्ने, आचार छोड्ने, शरीरलाई आलस्य बनाउने, दूषित अन्न खाने आदतले ब्राéणको पनि छिटै मृत्यु हुन्छ ।” ब्राéणको अर्थ ज्ञान–विज्ञानका ज्ञाता, आचरणको पक्का मानिस हुन्छ । सात्विक खानाले स्वास्थ्य र शक्तिलाई बढाउँछ । शरीर हलुका हुनु, निरोगी रहनु, कामवासनामा नडुब्नु, शारीरिक कान्ती, मिठो बोली र दिसा–पिसाब समयमा हुनु दीर्घजीवनको लक्षण हो । सबैमा दया भाव राख्ने, क्षमाशील, धैर्य, साथीको अपमान नगर्ने मानिसलाई विमार र विकारले दुःख दिँदैन र धेरै वर्ष बाँच्दछन् । ऋषिहरूको हृदयमा इच्छा शक्ति, शिरमा ज्ञान शक्ति, हात र खुट्टामा क्रियाशक्ति भएकाले हजरौँ वर्ष बाँचे । अहंकार, चिन्ता, प्रतिशोधले मानिसलाई छिट्टै यमलोकको यात्री बनाउँछ ।

      सन्तान, सम्पत्ति, सम्मानको भोकले छटपटिएकाहरू छिटै यमराजको पाहुना बन्छन् । खानाको प्रकार र खाने नियमले शरीरलाई प्रत्यक्ष असर पार्छ अर्थात् खान्की अनुसारको बान्की हुन्छ । ‘दिनान्ते च पिवेद् दुग्धं निशान्ते च पिवेत् पयः । भोजनान्ते पिवेत् तक्रं किं वैद्यस्य प्रयोजनम् अर्थात्, “साँझ परेपछि दूध, बिहान उठ्नेबित्तिकै पानी, खानापछि मही पिउने हो भने डाक्टरको कामै रहँदैन ।” पाचनक्रियालाई सक्रिय बनाउन, ग्याष्टिकलगायतका रोगहरू निर्मूल पार्न बिहानै मनतातो पानी पिउनुपर्छ, योग र अध्ययन गर्नुपर्छ । बाँच्नका लागि खानुपर्छ खानका लागि बाँच्न हुँदैन । स्वादका लागि होइन स्वास्थ्यका लागि खानुपर्छ । जितं रसे जिते सर्वम् ‘“जिभ्रोलाई जिते सबैलाई जितिन्छ ।”

         कुकर्म, भ्रष्टाचार, हत्याहिंसाका अनुयायीहरू परिणाम र परिस्थितिलाई नहेरी खान्छन् । झुट्टो बोल्नाले मानिसको तेज वा आयुको नाश हुन्छ, कुकर्मले धर्म, धन र धरा ९राष्ट्र० कै नाश गर्दछ । पुर्खाले देखाएको बाटो, शास्त्रले बताएको मार्ग, इतिहासले खनेको गोरेटो भुल्नाले हजारौँ वर्ष बाँच्नेका सन्तानलाई पचास वर्ष बाँच्न पनि धौ–धौ परेको छ ।

         ऋषिमुनिहरूले संयमित जीवन बिताए । संयमः खलु जीवनम् संयम निश्चय नै जीवन हो । संयमको एक शाखा हो– ब्रéचर्य । ब्रéचर्येण तपसा देवा मृत्युमपाघ्नत “ब्रéचर्यरूपी तपस्याद्वारा देवताहरूले मृत्युलाई जित्छन् ।” साधकहरूले धातु क्षीण भएमा सहजौलीयोगलगायतका विधिद्वारा धातु लिएर लामो आयु बनाउँथे । प्रताप शाह यही योगबाट पथभ्रष्ट भई छोटो उमेरमा मरे । उनले रज तान्ने साधनालाई सफल बनाएका भए कैयौँ वर्ष बाँच्न सक्दथे ।

          भारतका तैलड्ड स्वामी तीन सय वर्ष बाँच्नुको कारण सहजौलीयोग थियो । हाम्रा पुर्खाहरू श्रुतिधर थिए । एकपटक सुनेका, देखेका, पढेका विषयहरू कहिल्यै बिर्सदैँनथे । यसकारण २५ वर्षसम्म मन, वचन र कर्मद्वारा ब्रéचर्यको पालना गरी गुरुकुलमा अध्ययन गर्थे । शरीर कृत्रिम माटो हो, यसलाई प्राकृतिक माटोको सम्पर्कमा राख्दा ऊर्जा प्राप्त हुन्छ ।

         साधकहरूले भुईं वा गुन्द्रीमा ओछ्यान नलगाईकन सुत्छन् । यसबाट मेरुदण्ड सीधा, मंगलग्रहलाई अनुकूल एवं अनेकौँ रोगहरूबाट मुक्ति मिल्छ । खाली खुट्टा हिँड्थे, शारीरिक परिश्रम गर्दथे जसबाट व्यायाम, अकुप्रेशर र अकुपञ्चर हुन्थ्यो, पसिना, (यालआदि विकारहरू निस्केर स्वस्थ हुन्थे । ढिकीमा कुटेर, जाँतोमा पिसेर, बारीबाट टिपेर स्वाथ्यवद्र्धक खान्थे । भावप्रकाशमा भनिएको छ– व्यायामदृढगात्रस्य व्याधिर्नास्ति कदाचन । विरुद्धं वा विदग्धं वा भुक्तं शीघ्रं विपच्यते ।। अर्थात्, “व्यायामबाट बलियो बनेको शरीरमा रोगहरूको प्रवेश हुँदैन, जस्तोसुकै खाना पनि तुरुन्तै पच्दछ ।”

             व्यायामले सुगठित, मनले संयमित, कर्मले अनुशासित र संस्कारले मर्यादित हुनाले पुर्खाहरूलाई अस्पताल धाउन र औषधि खान परेन । मनुस्मृतिमा भनिएको छ– ऋषयो दीर्घसन्ध्यत्वाद् दीर्घमायुरवाप्नुयुः अर्थात् लामो समयसम्मको सन्ध्या कर्मकै कारण ऋषिहरूको आयु लामो हुन्थ्यो, परमात्माको दर्शन मिल्थ्यो । अध्यात्मले मानसिक व्यायाम हुन्छ र दीर्घजीवी बनाउँछ । गफ गर्ने, फजुलमा डुल्ने, नेटमा झुण्डिने समय छ तर आफैँसँग बोल्ने फुर्सद छैन अनि कसरी शान्त, विवेकशील र सामाजिक बन्न सक्दछ र ! हामी अन्तरमुखी हुन सकेनौँ बामुखी भई आयुलाई घटाउने काम गयौँ ।

           वैदिक कालमा वास्तुशास्त्रअनुसार घर बनाउँथे, शास्त्रअनुसार जीउँथे, ईश्वरलाई अर्पण गरी प्रसाद सम्झिएर खाना खान्थे, स्थानीय मसला एवं गाईको दूध, दही, घ्यूको प्रयोगले रोग प्रतिरोधात्मक क्षमता बढाउँथे । गाईको गहुँत, तुलसीपत्र, बेलपत्र, दुबो आदि खाएर भाइरसजन्य रोगलाई भगाउँथे । घरमा सर्प आदिको प्रभाव नरहोस् भनी बिरालो, मयुर, परेवा, मृग पाल्थे । अग्रज, गुरु र शास्त्रका निर्देशनलाई शिरोधार्य गर्दथे । मन्त्रोच्चरणबाट रोग, तन्त्र अभ्यासबाट व्याधी र यन्त्रको प्रयोग गरी समस्याहरूको निराकारण गर्दथे । भाष्यभन्दा मूलशास्त्र अध्ययन गर्ने हुनाले जीवन, जगत् र जन्मको रहस्य बुझ्थे । युगअनुसार मानिसको आयु छोटो हुँदै गएको हुनाले शास्त्रलाई संक्षिप्त बनाउँदै लगियो । ऋषिमुनिहरू हिमाल, पहाड, नदी किनार, गुफा आदि स्वच्छ वातावरणमा बसी कन्दमूल खाएर ध्यान, तपस्या गर्दथे । कुशलाई ओछ्याउँथे, सिस्नुका कपडा लगाउँथे, धातु र माटाका भाँडामा भोजन गरी तपद्वारा दैवी ऊर्जासहित हजारौँ वर्ष बाँच्थे । भूगोल, परम्परा र खानपानले स्वास्थ्य, आयु, चिन्तन आदिमा असर पु¥याउँछ ।

            मानिसको आयु उसैको हात, मुख र सोचमा हुन्छ । मुखले सात्विक भोजन खाए, नाकले प्रशस्त अक्सिजन लिए, कानले असल कुराहरू सुने, आँखाले जीवनोपयोगी दृश्यलाई हेरे, मनले तीर्थस्थल, मठमन्दिर, प्राकृतिक सौन्दर्यलाई ग्रहण गरे आयु लामो हुन्छ । मानिस उमेर र योगदानद्वारा लामो समय बाँच्छ । जस्तै वेदव्यास, वाल्मीकि, गौतमबुद्ध, कन्फुसियस, प्लेटो अहिलेसम्म विचार, चिन्तन र सिद्धान्तका कारण जीवित छन् । ऋषिमुनिहरूले दान लिने र दिने, अध्ययन गर्ने र गराउनेमा समय खर्चिए, जीवन अर्पिएर कालजयी भए । कुचैलिनं दन्तमलोपधारिणं बêाशिनं निष्ठुरभाषिणं च । सूर्योदये चास्तमिते शयानं जêाति लक्ष्मीर्यदि शाङ्र्कपाणिः ।। अर्थात्, “दुर्गन्धित कपडा लगाउने, दाँतको सफाई नगर्ने, कडा वचन बोल्ने, सूर्य उदय पहिले नउठ्ने र सूर्यास्तको समयमा सुत्ने व्यक्ति भगवान् विष्णु नै भए पनि लक्ष्मीले छोडिदिन्छिन् ।”

           हिन्दूहरूसँग वेदको ज्ञान, जगत्कै विज्ञान, जीउने प्रविधि, विकार नाश गर्ने शस्त्र, चिन्ता भगाउने साधना भएकाले हजारौँ वर्ष बाँच्न सके । संयुक्त परिवारमा बसी आत्मवत् सर्वभूतेषु ९सबैलाई आफ्नै सम्झने०, सह नाववतु सह नौभुनक्तु ९सँगै बस्ने, सँगै खाने०, सेवामा रमाउने स्वभावले कसैका शत्रु भएनन्, कसैलाई कष्ट दिएनन् । जीवको प्रवृत्ति एवं जगत्को प्रकृति विरुद्ध कुनै काम गरेनन् । समयसँगै बाँच्न र बचाउन सके । कर्तव्यपालक, धर्मको अनुशरण गर्ने, वसुधैव कुटुम्बकम्को सिद्धान्तलाई मूलमन्त्र बनाउने ईश्वरका सर्वोत्कृष्ट रचना भए । मौसमअनुसार खान, समयानुकूल जीउन, प्रकृतिअनुकूल प्रार्थना गर्न सकेका कारण शरीर र कीर्तिले लाखौँ वर्षसम्म बाँचेर आजका मानवलाई बाटो देखाउने अमृत पुत्र बने ।

 

प्रतिक्रिया