पछिल्लो समय युवा, शिक्षित र दूरदृष्टि बोकेका उम्मेदवारलाई रोज्नुपर्छ भन्ने मतदाताको चाहना तीव्र रूपमा बढिरहेको छ। यही परिवर्तित सोचको केन्द्रमा नेपाली काङ्ग्रेसका उम्मेदवार कविर शर्मा अग्रपंक्तिमा देखिएका छन्। काठमाडौँ क्षेत्र नम्बर–२ का मतदातामाझ उनको शैक्षिक पृष्ठभूमि, विषयगत ज्ञान र प्रस्तुतिको शैलीले सकारात्मक प्रभाव पारेको चर्चा बढ्दो छ।
नेपाली कांग्रेस का तर्फबाट उम्मेदवार बनेका शर्मालाई भौगर्भशास्त्र अध्ययन र विश्लेषणात्मक सोच भएका व्यक्तित्वका रूपमा मतदाताले लिने गरेका छन्। विकास, पूर्वाधार, वातावरण र दीर्घकालीन योजना निर्माणका विषयमा उनले राख्ने धारणा र तर्कले धेरैलाई प्रभावित बनाएको स्थानीयको भनाइ छ।
घरदैलो, टोलभेला तथा वडा–स्तरका अन्तरक्रिया कार्यक्रममा उनले दिएका भाषण र प्रस्तुतिले मतदातामा छुट्टै छाप छाड्न सफल भएको बताइन्छ। विशेषगरी युवा र पढेलेखेका मतदाताबीच “भिजन भएको प्रतिनिधि” रोज्नुपर्छ भन्ने धारणा बलियो बन्दै जाँदा शर्माप्रति आकर्षण बढेको देखिन्छ।
**काठमाडौं–२ मा देखिएको यो माहोलले शिक्षित, योजनाबद्ध र काम गर्ने इच्छाशक्ति बोकेका उम्मेदवारप्रति मतदाताको झुकाव बढेको संकेत गरेको विश्लेषकहरू बताउँछन्। मतदाताहरूको एक समूहले अबको नेतृत्व परिणाममुखी, अध्ययनशील र उत्तरदायी हुनुपर्ने भन्दै शर्माको उम्मेदवारीलाई त्यसको प्रतिनिधि पात्रका रूपमा लिएको प्रतिक्रिया दिएका छन्।