नेपाली कांग्रेसले भोलि फागुन ६ गते जनकपुरमा ठूलो जनसभा आयोजना गर्ने भएको छ। प्रतिनिधिसभा निर्वाचन (फागुन २१) लाई लक्षित गर्दै कांग्रेसले देशव्यापी सभाको श्रृंखला सुरु गर्न लागेको हो।
मधेस प्रदेश समितिले मंगलबार पत्रकार सम्मेलन गरी जनकपुरमा हुने सभाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। पार्टीका अनुसार सभामा करिब एक लाख सर्वसाधारण सहभागी हुने अपेक्षा गरिएको छ।
जनकपुरमा हुने उक्त कार्यक्रमलाई ‘प्रतिज्ञा सभा’ नाम दिइएको छ। सभालाई पार्टी सभापति गगन थापाले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
सोही अवसरमा कांग्रेसले आगामी निर्वाचनका लागि आफ्नो घोषणापत्र समेत सार्वजनिक गर्ने जनाएको छ। यसपटक घोषणापत्रलाई ‘प्रतिज्ञा पत्र’ का रूपमा प्रस्तुत गरिने पार्टीको भनाइ छ।
17 February 2026