शंखरापुर,काठमाण्डौं। नेपाली कांग्रेस इन्द्रायणी इकाई समिति, शङ्खरापुर–९, काठमाडौंले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा पीडितका लागि रु. ७० हजार ८८६ रुपैया आर्थिक सहयोग गरेको छ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधनको क्षति भएको भन्दै इकाईले विपद्को घडीमा पीडितलाई सहयोग पुर्याउने उद्देश्यले उक्त रकम उपलब्ध गराएको हो।
इकाईले बाढीमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, प्रभावित परिवारको राहत तथा उद्धारमा सहयोग पुर्याउन सबै पक्षलाई आग्रह गरेको छ।
इकाईका अनुसार नेपाली कांग्रेसको केन्द्रीय दैवी प्रकोप उद्धार कोष मा रु. ७०,८८६ रकम जम्मा गरिएको हो। इकाईले विपद्का बेला सामाजिक उत्तरदायित्वअन्तर्गत राहत तथा पुनःस्थापनाका कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।