जात्राको छैठौं दिन: धुँ–भुज्या धान कुट्न मिल्ने खुसीमा श्री बज्रयोगिनी मातालाई धूँप–फूल चढाइयो

lawanyasandesh.com

साँखु — श्री बज्रयोगिनी जात्राको छैठौं दिन आज परम्पराअनुसार धुँ–भुज्या धान कुट्न मिल्ने शुभ अवसरका रूपमा मनाइएको छ। यस अवसरमा भक्तजनहरूले श्री बज्रयोगिनी मातालाई विभिन्न बासना आउने धूँप, फूल तथा नयाँ कपडा चढाएर पूजा–आराधना गरेका छन्।


स्थानीय परम्परा अनुसार यस दिनलाई समृद्धि, अन्नबाली र घरपरिवारको मंगलकामनासँग जोडेर विशेष रूपमा मनाइने गरिन्छ। बिहानैदेखि भक्तजनहरू मन्दिर परिसर तथा विभिन्न टोलहरूमा भेला भई धूपबत्ती बाल्दै माताको दर्शन तथा पूजा गरेका थिए।


जात्राको छैठौं दिन धुँ–भुज्या धान कुट्ने चलनले वर्षभरि अन्नको अभाव नहुने विश्वास रहिआएको स्थानीय बासिन्दाले बताएका छन्। यस अवसरमा महिलाहरूले परम्परागत पोशाकमा सजिएर फूल, धूप र कपडा चढाउने तथा परिवारको सुख–समृद्धिको कामना गर्ने गरेका छन्।


श्री बज्रयोगिनी जात्रा अन्तर्गत प्रत्येक दिन फरक–फरक धार्मिक र सांस्कृतिक महत्व बोकेका कार्यक्रमहरू सञ्चालन भइरहेका छन् भने छैठौं दिनको यो पूजा विशेष श्रद्धा र उल्लासका साथ सम्पन्न भएको छ।

प्रतिक्रिया