रास्वपाका वरिष्ठ नेता बालेन शाहद्वारा चुनावी खर्च विवरण सार्वजनिक: १४ लाख १७ हजार बढी खर्च

lawanyasandesh.com

साँखु काठमाण्डौं, २५ फागुन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा क्षेत्र नं. ५ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य बालेन्द्र शाहले निर्वाचन सम्पन्न भएको छोटो अवधिमै आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्नुभएको छ। यसरी समयमै पूर्ण पारदर्शिताका साथ खर्च विवरण बुझाउने उहाँ सम्भवतः पहिलो उम्मेदवार बन्नुभएको छ।नेता शाहले निर्वाचन आयोगको कार्यतालिका र कानुनी प्रावधान बमोजिम आज जिल्ला निर्वाचन कार्यालयमा खर्चको पूर्ण विवरण पेस गर्नुभएको हो।

​आयोगमा बुझाइएको अनुसूची-४१ बमोजिमको विवरण अनुसार, शाहले प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा कुल १४ लाख १७ हजार २ सय ८९ रुपैयाँ खर्च भएको जानकारी दिनुभएको छ।

खर्चको मुख्य शीर्षकहरू यस प्रकार छन्:
​प्रस्तुत विवरणमा सवारी साधन, प्रचार प्रसार र कार्यालय सञ्चालन लगायतका शीर्षकमा खर्च भएको देखाइएको छ:


ऐतिहासिक जित र पारदर्शिताको नमूना

​गत फागुन २१ गते सम्पन्न निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्दै बालेन शाह प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो। निर्वाचन जितेसँगै राजनीतिक पारदर्शितालाई प्राथमिकता दिँदै उहाँले समयमै खर्च विवरण बुझाउनुभएको हो।

​उहाँका निर्वाचन प्रतिनिधि नविन भण्डारीद्वारा प्रमाणित गरिएको उक्त विवरणमा निर्वाचन आचारसंहिता बमोजिम नै सबै खर्चहरू व्यवस्थित गरिएको उल्लेख छ। जनताको मत जितेसँगै आर्थिक पारदर्शितामा पनि आफू प्रतिबद्ध रहेको सन्देश शाहले यस मार्फत दिनुभएको छ।


प्रतिक्रिया