प्रतिनिधिसभा निर्वाचन: १६५ वटै क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाको ऐतिहासिक बहुमत

lawanyasandesh.com

साँखु, काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका सबै १६५ निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोग ले सबै क्षेत्रको मतगणना सम्पन्न भएको घोषणा गरेसँगै संघीय संसद्को तल्लो सदनको नयाँ शक्ति सन्तुलन स्पष्ट भएको हो।
सार्वजनिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ले अभूतपूर्व सफलता हासिल गर्दै प्रत्यक्षतर्फ १२५ सिट जितेर स्पष्ट बहुमत नजिकको स्थिति बनाएको छ। नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाले स्थापित दलहरूलाई निकै पछि पार्दै संसदमा आफ्नो बलियो उपस्थिती सुनिश्चित गरेको विश्लेषण गरिएको छ।



अन्तिम परिणामअनुसार प्रत्यक्षतर्फको सिट बाँडफाँट यस्तो रहेको छः
राष्ट्रिय स्वतन्त्र पार्टी: १२५ सिट
नेपाली कांग्रेस: १८ सिट
नेकपा एमाले: ९ सिट
नेपाली कम्युनिष्ट पार्टी: ८ सिट
श्रम संस्कृति पार्टी: ३ सिट
राष्ट्रिय प्रजातन्त्र पार्टी: १ सिट
स्वतन्त्र उम्मेदवार: १ सिट
यो परिणामसँगै नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) जस्ता परम्परागत ठूला दलहरूको सिट संख्या उल्लेख्य रूपमा घटेको देखिएको छ भने नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत अन्य दलहरू अझ सीमित सिटमा खुम्चिएका छन्।



उता समानुपातिकतर्फको मतगणना भने अझै जारी रहेको छ। आयोगका अनुसार हालसम्म ९९ लाख ८४ हजारभन्दा बढी मत गणना भइसकेको छ। प्रारम्भिक विवरणअनुसार समानुपातिकतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी अग्रस्थानमा देखिएको छ।
हालसम्मको मतपरिणाम अनुसार:
राष्ट्रिय स्वतन्त्र पार्टी: ४८,०६,०५३ मत
नेपाली कांग्रेस: १६,१४,२४४ मत
नेकपा एमाले: १३,४६,०५५ मत
नेपाली कम्युनिष्ट पार्टी: ७,३०,८४७
श्रम संस्कृति पार्टि:३,४०,८६५
राष्ट्रिय प्रजातन्त्र पार्टि:३,१४,८०६ मत प्राप्त गर्न सफल भएका छन्।
समानुपातिक प्रणालीतर्फको अन्तिम नतिजा भने भोलिसम्म सार्वजनिक हुने निर्वाचन आयोग ले जनाएको छ।समानुपातिकतर्फको मत परिणामपछि प्रतिनिधिसभाको पूर्ण संरचना स्पष्ट हुनेछ।

राजनीतिक विश्लेषकहरूका अनुसार यसपटकको निर्वाचन परिणामले नेपाली राजनीतिमा नयाँ शक्ति सन्तुलनको संकेत दिएको छ। नयाँ दलको उल्लेखनीय उदयसँगै आगामी सरकार गठन, नीति निर्माण र संसद्को भूमिकामा राष्ट्रिय स्वतन्त्र पार्टिले सरकार समीकरण गर्ने मत परिणामले स्पष्ट पारेको छ।

प्रतिक्रिया