एमालेले समानुपातिक सांसद १६ जनाको सूची निर्वाचन आयोगमा बुझायो

lawanyasandesh.com

साँखु,काठमाडौँ – नेकपा एमालेले समानुपातिक प्रणालीबाट छानिएका १६ जनाको सांसद सूची निर्वाचन आयोगमा बुझाएको छ। केन्द्रीय निर्वाचन विभाग प्रमुख नीरज आचार्यका अनुसार, आइतबार बुझाइएको सो सूचीमा विभिन्न समुदाय र समूहमाथि समावेशी सन्तुलन राखिएको छ।
सूची अनुसार, एमालेले जनजाति क्लस्टबाट भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, तथा कुलभक्त शाक्यलाई समानुपातिक सांसदका लागि सिफारिस गरेको छ। महिलातर्फ सचिव पद्मा अर्याल, टुकाभद्रा हमाल र एशुदा कुमारी बरालको नाम छ भने पुरुषतर्फ गुरुप्रसाद बराल, पुष्पराज कँडेल, थारू पुरुषबाट कृपाराम राना र दलित महिलाबाट विष्णुमाया विक तथा नीता घतानीलाई सिफारिस गरिएको छ।
मधेसी महिलामा रिङ्ला यादव र यशोधा कुमारी यादव, मधेसी पुरुषतर्फ चन्द्रेश्वर मण्डल र मुस्लिम समुदायबाट साजिदा सिद्धिकीको नाम सूचीमा परेको छ।
एमालेले समानुपातिक प्रतिनिधित्व मार्फत सामाजिक विविधता र समावेशीकरणमा ध्यान दिँदै यो सूची तयार गरेको बताइएको छ।

प्रतिक्रिया