भोटेकोसी बाढीमा मृत्यु हुनेको सङ्ख्या ७३५ पुग्यो

lawanyasandesh.com

शंखरापुर, काठमाडौं — रसुवा भोटेकोसी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ७ सय ३५ पुगेको छ। प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढी तथा त्यसबाट उत्पन्न विपद्मा परी आठ जिल्लाबाट उक्त सङ्ख्यामा शव फेला परेको हो।

प्रहरीका अनुसार हालसम्म २ हजार ७ सय ७५ जनाको उद्धार गरिएको छ। उद्धार तथा खोजी कार्यमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने बाढीमा परी घाइते भएका २ हजार ७ सय ७५ जनाको उद्धार गरिएको विवरणमा उल्लेख छ। काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेको सङ्ख्या १ सय ६० रहेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार फेला परेका शवमध्ये रसुवामा १३, धादिङमा ५०, नुवाकोटमा ५२, गोरखामा ५८, चितवनमा २५९, तनहुँमा ३७, नवलपरासी (पूर्व) मा १८५ र नवलपरासी (पश्चिम) मा ८२ जना रहेका छन्।

बाढीमा परी सुरक्षाकर्मीसमेत सम्पर्कविहीन भएका छन्। विवरणअनुसार नेपाली सेनाका ४४, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरी बलका १३ जना सम्पर्कविहीन छन्।

विपद्पछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहितका सुरक्षा निकाय खोज, उद्धार तथा राहत कार्यमा निरन्तर परिचालित छन्। बाढी प्रभावित क्षेत्रमा बेपत्ता व्यक्तिको खोजी, उद्धार तथा शव पहिचानको कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ।

प्रहरी प्रधान कार्यालयको पछिल्लो अद्यावधिक विवरणअनुसार हालसम्म सम्पर्कविहीन प्रहरी कर्मचारीको सङ्ख्या २५ रहेको छ।

प्रतिक्रिया