शनिबार–आइतबार सार्वजनिक बिदा, सरकारी कार्यालय समय ९ देखि ५ कायम

lawanyasandesh.com

साँखु,काठमाडौँ । नेपाल सरकारले सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय लागू गर्ने भएको छ। गृह मन्त्रालयको सूचनाअनुसार संवत् २०८२ साल चैत २३ गते सोमबारदेखि लागू हुने गरी सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने व्यवस्था गरिएको हो।
सूचनामा शैक्षिक संस्थाबाहेक अन्य सरकारी कार्यालय तथा निकायहरूको कार्यालय समय बिहान ९:०० बजेदेखि अपराह्न ५:०० बजेसम्म कायम रहने उल्लेख गरिएको छ। यस्तै, कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९:०० बजेदेखि अपराह्न ४:०० बजेसम्म रहने निर्णय गरिएको छ।
नेपाल सरकारका सचिव राजकुमार श्रेष्ठद्वारा जारी उक्त सूचना नेपाल राजपत्रमा प्रकाशन गरिएको छ। सरकारले कार्यसम्पादनलाई व्यवस्थित बनाउने, ऊर्जा बचत गर्ने तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले दुईदिने साप्ताहिक बिदाको व्यवस्था लागू गर्न लागेको जनाएको छ।

प्रतिक्रिया