साँखु,काठमाडौं — राजधानी काठमाडौंमा आजदेखि ऐतिहासिक सेतो मछिन्द्रनाथको रथयात्रा सुरु भएको छ। मच्छिन्द्र बहालबाट आर्याअवलोकितेश्वरको मूर्तिलाई विधिपूर्वक खटमा राखी तीनधारा पाठशालामा तयार गरिएको रथमा विराजमान गराएपछि जात्रा औपचारिक रूपमा प्रारम्भ गरिएको हो।
सेतो मछिन्द्रनाथलाई करुणामय तथा आर्याअवलोकितेश्वरका नामले पनि चिनिन्छ। वर्षा, सहकाल र करुणाका देवताका रूपमा पूजिने सेतो मछिन्द्रनाथको रथयात्रा काठमाडौं उपत्यकाको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक परम्पराका रूपमा मानिन्छ। विशेषगरी वृद्धवृद्धालाई दर्शन गराउने उद्देश्यले देवताको रथ नगर परिक्रमा गराउने चलन रहिआएको छ।
परम्पराअनुसार जनबहालबाट नगर परिक्रमा गराउँदै ल्याइएको देवमूर्तिलाई जमल क्षेत्रमा बनाइएको रथमा प्रतिस्थापन गरिएपछि विस्तृत नगर परिक्रमा सुरु गरिन्छ। यस क्रममा रथ मच्छिन्द्र बहालबाट तीनधारा पाठशाला, जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन, बालकुमारी, केलटोल, इन्द्रचोक, मखन हुँदै हनुमानढोका, चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगनटोलसम्म पुर्याइनेछ।
जात्राको अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमाको प्रतिमालाई तीन पटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुने परम्परा रहेको छ। यस अवसरमा स्थानीयवासी, श्रद्धालु तथा सांस्कृतिक झाँकीसहितको सहभागिताले राजधानीको पुरानो शहर क्षेत्र धार्मिक उत्सवमय बनेको छ।
सेतो मछिन्द्रनाथ जात्रा काठमाडौंको प्राचीन नेवार सभ्यता, धार्मिक सहिष्णुता र सामुदायिक एकताको प्रतीकका रूपमा समेत लिइन्छ। हरेक वर्ष मनाइने यस जात्राले सांस्कृतिक पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको