फोनिज स्थापना दिवसमा साँखु–मणिचूड दह पदयात्रा आयोजना हुने

lawanyasandesh.com

शंखरापुर, काठमाडौं — नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौं जिल्ला समितिले आफ्नो स्थापना दिवसको अवसरमा साँखुदेखि मणिचूड दहसम्म पदयात्रा कार्यक्रम आयोजना गर्ने भएको छ।

“प्रकृतिको काखमा, स्वास्थ्यका लागि पैदल यात्रा; सम्बन्ध सुदृढ बनाऔँ, फोनिजलाई अझ सशक्त बनाऔँ” भन्ने मूल नाराका साथ आयोजना गरिएको पदयात्रा २०८३ साल श्रावण २३ गते शनिबार बिहान ६ बजेदेखि सञ्चालन हुने आयोजकले जनाएको छ।

पदयात्रामा सहभागी हुनेहरूका लागि शंखरापुर नगरपालिका–७ स्थित वडा कार्यालय, साँखु लाई भेला हुने स्थान तोकिएको छ। स्वास्थ्य प्रवर्द्धन, प्रकृतिसँगको सामीप्यता, आपसी सद्भाव अभिवृद्धि तथा पत्रकारहरूबीच सहकार्य र एकताको भावना सुदृढ गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको फोनिज काठमाडौं जिल्ला समितिले जनाएको छ।

समितिले पदयात्रामा पत्रकार, सञ्चारकर्मी, शुभचिन्तक तथा सर्वसाधारणलाई उत्साहजनक सहभागिता जनाई कार्यक्रम सफल बनाउन आग्रह गरेको छ।

कार्यक्रमसम्बन्धी थप जानकारीका लागि ९८९९१९७६७८, ९७६६००८३७२, ९८४१४१९२८८ र ९८४१२१५२५० नम्बरमा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।

प्रतिक्रिया