सोमबारदेखि १४.२ किलोकै ग्यास बिक्री गर्ने व्यवसायीको घोषणा

lawanyasandesh.com

साँखु,काठमाण्डौं।

ग्यास व्यवसायीहरूले सरकारको ‘आधा सिलिन्डर’ नीति अस्वीकार गर्दै आगामी सोमबारदेखि १४.२ किलो तौलकै ग्यास सिलिन्डर बिक्री गर्ने निर्णय गरेका छन्।


ग्यास विक्रेता महासंघ र नेपाल एलपी ग्यास उद्योग संघको संयुक्त बैठकले उक्त निर्णय गरेको हो। महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालका अनुसार डिजेल मूल्यवृद्धिले ढुवानी खर्च असह्य बनेपछि व्यवसायीहरू पूर्ण तौलको ग्यास बिक्री गर्न बाध्य भएका हुन्।


सरकारले ग्यास अभाव नियन्त्रणका लागि ७.१ किलो मात्र भर्ने नीति ल्याए पनि त्यसले बजार व्यवस्थापनमा झन् समस्या उत्पन्न गरेको व्यवसायीहरूको भनाइ छ। उद्योगीहरूका अनुसार मौज्दात ग्यास पर्याप्त भए पनि आधा सिलिन्डर नीति कारण वितरणमा अवरोध भइरहेको छ।


व्यवसायीहरूले निर्णयबारे सरकारलाई औपचारिक जानकारी दिने तयारी गरेका छन् भने डिजेल मूल्य नघटाए आपूर्ति प्रणाली नै प्रभावित हुने चेतावनी दिएका छन्।

प्रतिक्रिया