शंखरापुर,काठमाण्डौं। चार पटकको विश्वकप विजेता जर्मनी फिफा विश्वकप २०२६ बाट बाहिरिएको छ। अमेरिकाको बोस्टन स्टेडियममा मंगलबार बिहान सम्पन्न राउन्ड अफ ३२ को अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा दक्षिण अमेरिकी राष्ट्र पाराग्वेसँग पेनाल्टी सुटआउटमा ४–३ ले पराजित हुँदै जर्मनीको विश्वकप यात्रा टुंगिएको हो।
निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समयसम्म खेल १–१ को बराबरीमा रोकिएपछि नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको थियो। जारी विश्वकपमा पेनाल्टी सुटआउटबाट निर्णय भएको यो पहिलो खेलसमेत बनेको छ।
खेलको ४२औँ मिनेटमा सुन्दर गोल गर्दै पाराग्वेलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको ५४औँ मिनेटमा बराबरी गोल फर्काउँदै जर्मनीलाई खेलमा पुनः फर्काएका थिए। त्यसपछि दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि थप गोल हुन नसक्दा खेल अतिरिक्त समयमा पुगेको थियो।
अतिरिक्त समयको १०२औँ मिनेटमा जर्मनीकाले गोल गरे पनि भिडियो सहायक रेफ्री (VAR) ले त्यसअघि फल भएको ठहर गर्दै गोललाई मान्यता दिएन। उक्त निर्णय खेलको निर्णायक मोड बनेको थियो।
पेनाल्टी सुटआउटमा पाराग्वेका माउरिसियो, माथियास गालार्जा र निर्णायक प्रहार गर्ने जोसे क्यानाले सफल भए। जर्मनीका कप्तानले गोल गरे पनि हाभार्ट्ज र निक वोल्टेमाडेको प्रहार पाराग्वेका गोलरक्षक ओर्लान्डो गिल ले रोके। त्यसपछि छैटौँ पेनाल्टीमा जोनाथन ताहको प्रहार पोस्टमाथिबाट बाहिरिएपछि जोसे क्यानालेले निर्णायक गोल गर्दै पाराग्वेलाई ऐतिहासिक जित दिलाए।
विश्वकप इतिहासमा जर्मनी पेनाल्टी सुटआउटमा पराजित भएको यो पहिलो अवसर हो। सन् २०१४ मा विश्वकप जितेपछि जर्मनीले विश्वकपको नकआउट चरणमा कुनै पनि खेल जित्न सकेको छैन। पछिल्ला दुई संस्करणमा समूह चरणबाटै बाहिरिएको जर्मनी यसपटक १२ वर्षपछि नकआउट चरणमा पुगे पनि पहिलो खेलमै पराजित हुँदै घर फर्किन बाध्य भयो।
उता, सन् २००२ को विश्वकपमा जर्मनीसँग अन्तिम १६ मा पराजित भएको पाराग्वेले २४ वर्षपछि त्यसको बदला लिँदै इतिहास रच्यो। यसअघि सन् २०१० मा जापानलाई पेनाल्टी सुटआउटमा हराएर क्वार्टरफाइनल पुगेको पाराग्वेले यसपटक पनि नकआउट चरणमा उत्कृष्ट प्रदर्शन दोहोर्याएको छ।
यो जितसँगै पाराग्वे अन्तिम १६ मा प्रवेश गर्दै फ्रान्स र स्वीडेनबीचको विजेतासँग क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। जर्मनी भने जारी विश्वकपबाट बाहिरिने दोस्रो पूर्वविश्व विजेता बनेको छ। यसअघि समूह चरणबाटै बाहिरिएको थियो।