काठमाडौं–२ मा कांग्रेस एकजुट, फुँयालको पक्षमा उत्साह।

lawanyasandesh.com

काठमाडौं — नेपाली काङ्ग्रेसका तर्फबाट काठमाडौं–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार कबिर शर्मा आज शंखरापुर नगरपालिका–९ स्थित सक्षम पार्टी प्यालेसमा आयोजित क्रियाशील कार्यकर्ता भेलामा सहभागी हुनुभएको छ। भेलालाई सम्बोधन गर्दै उहाँले उत्साह, भरोसा र आशाले भरिएको धारणा प्रस्तुत गर्नुभएको थियो।

उम्मेदवार शर्माले स्पष्ट दृष्टिकोण, समयसापेक्ष विचार तथा जनमुखी प्रतिबद्धतासहित आफ्नो योजना सार्वजनिक गर्नुभएको कार्यक्रममा सहभागी कार्यकर्ता तथा शुभेच्छुकहरूले सकारात्मक प्रतिक्रिया जनाएका थिए। भेलामा अपेक्षाभन्दा ठूलो र उत्साहजनक सहभागिता देखिएको आयोजक पक्षले जनाएको छ। सहभागीहरूको सक्रियता र एकताबद्ध प्रतिबद्धताले चुनावी अभियान थप मजबुत बनेको अनुभूति गराएको बताइएको छ।कार्यक्रममा संविधान सभा सदस्य तथा निर्वाचन कमाण्डर दिपक कुइँकेल, सह–संयोजक तथा महासमिति सदस्य शंकर थापा, महासमिति सदस्य मञ्जु खड्का, शंखरापुर नगर सभापति दिलिप कुमार श्रेष्ठ, महाधिवेशन प्रतिनिधि ओम बहादुर कार्की, जिल्ला सदस्य लिला खड्का, स्थानीय नेता जयराम पुडासैनी र दिपक थापा लगायतको सहभागिता रहेको थियो।

समग्र कार्यक्रमले एकता, उत्साह र जिम्मेवार नेतृत्व चयनको सन्देश दिएको आयोजकको भनाइ छ।

प्रतिक्रिया