शंखरापुर(साँखु), काठमाण्डौं। नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण समारोह आगामी कात्तिक १२ गते हुने भएको छ।
नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिले जारी गरेको सूचनाअनुसार नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण कार्यक्रम कात्तिक १२ गते अपराह्न २ बजे ललितपुरको बीपी नगरस्थित नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा आयोजना गरिनेछ।
केन्द्रीय कार्यसमितिका सदस्यसचिव राजु कटुवालद्वारा हस्ताक्षरित सूचनामार्फत नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शपथ ग्रहण कार्यक्रममा उपस्थित हुन आमन्त्रण गरिएको छ।
शपथ ग्रहण समारोहसँगै महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले औपचारिक रूपमा जिम्मेवारी सम्हाल्ने प्रक्रिया अघि बढ्नेछ। कार्यक्रममा नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहनेछ।