साँखु, काठमाण्डौं।शंखरापुर–७, सुकेखोला सत्तेश्वर महादेव मन्दिर परिसरमा २०८२ साल चैत १३ गतेदेखि चैत २० गतेसम्म श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ। मन्दिरको वार्षिक उत्सवको अवसर पारेर समस्त पितृहरूको मोक्षकामनासहित उक्त धार्मिक कार्यक्रम सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ।
महायज्ञमा प्रमुख वाचक आचार्य पण्डित श्री नारायण खनालको मुखारविन्दबाट संगीतमय श्रीमद् भागवत ज्ञान महायज्ञ प्रवाह हुने छ भने उपवाचक पण्डित श्री सुदीप ढकालले पाठपारणयनमा सहभागिता जनाउने कार्यक्रम तय गरिएको छ। आयोजकले धार्मिक अनुष्ठानमा सहभागी भई पुण्य लाभ लिन सम्पूर्ण भक्तजनलाई हार्दिक निमन्त्रणा गरेको छ।
कार्यक्रम अन्तर्गत चैत १३ गते बिहान १०:०० बजे कलश यात्रा गरि पबित्र जल एतिहासिक पवित्र तिर्थस्थल शालिनदी गंगाबाट लिएर कार्यक्रम स्थल पुग्ने तथा दिउँसो १:०० बजे उद्घाटन कार्यक्रम हुने जनाइएको छ। चैत १४ गतेदेखि चैत २० गतेसम्म दैनिक भागवत कथा प्रवचन सञ्चालन गरिनेछ। बिहान ८ बजेदेखि १० बजेसम्म दैनिक पूजा पाठपारणयन तथा बिहान ११ बजेदेखि साँझ ४:३० बजेसम्म कथा प्रवचन हुने तालिका छ।
यसैगरी प्रत्येक दिन साँझ ६:०० बजे श्रद्धाञ्जली आरती, भजन–कीर्तन तथा राति ७:०० बजेदेखि १०:०० बजेसम्म विशेष धार्मिक कार्यक्रम भक्तिसहित सञ्चालन गरिनेछ। महायज्ञको समापन तथा प्रसाद वितरण चैत २० गते हुने आयोजकले जनाएको छ।
कार्यक्रमको संयोजन रामकुमार के.सी.ले गरेका छन् भने कोषाध्यक्षमा श्रीराम खड्का र सचिवमा रामहरी श्रेष्ठ रहेका छन्। सम्पूर्ण सुकेखोला तथा टोलवासीको संयुक्त आयोजनामा कार्यक्रम सञ्चालन हुन गैरहेको जानकारी समाजसेवी बिष्णु के.सिले बताए।