पताप हेल्थ केयरको चौथो वार्षिकोत्सवमा साउन १ गते साँखुमा बृहत् रक्तदान कार्यक्रम

lawanyasandesh.com

शंखरापुर, काठमाडौँ ।पताप हेल्थ केयरको चौथो वार्षिकोत्सवको अवसरमा आगामी साउन १ गते साँखुको महादेवस्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ। "मानवताको लागि एक थोपा रगत, कसैको जीवन बचाउने अमूल्य उपहार" भन्ने मूल नाराका साथ सञ्चालन हुने कार्यक्रममार्फत समुदायमा रक्तदानको संस्कृति प्रवर्द्धन गर्नुका साथै आकस्मिक उपचारका लागि आवश्यक रगतको अभाव न्यूनीकरण गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

कार्यक्रमको मूल आयोजना साझा पाईला नेपाल (युवा शक्ति • सकारात्मक सोच • समृद्ध समाज) ले गरेको हो भने पताप हेल्थ केयर व्यवस्थापक संस्थाका रूपमा रहेको छ। कार्यक्रम नेपाल रेडक्रस सोसाइटी को प्राविधिक सहयोग तथा सहकार्यमा सञ्चालन हुनेछ।

आयोजक नवराज तामाङ्गका अनुसार कार्यक्रम २०८३ साल साउन १ गते बिहान ८ बजेदेखि साँखु महादेवस्थान मा सुरु हुनेछ। कार्यक्रममा शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापित र उपप्रमुख समिता श्रेष्ठ को विशेष आतिथ्यता रहनेछ। यस अभियानमार्फत १०० पिन्टभन्दा बढी रगत संकलन गर्ने लक्ष्य निर्धारण गरिएको छ।

शंखरापुर नगरपालिका तथा आसपासका क्षेत्रमा रगत आवश्यक पर्ने बिरामीलाई सहज रूपमा रगत उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ। रक्तदान जस्तो मानवीय सेवामा स्थानीय समुदाय, युवा, विद्यार्थी, व्यवसायी, बुद्धिजीवी तथा सामाजिक अभियन्ताहरूको सक्रिय सहभागिता रहने अपेक्षा गरिएको छ।

रक्तदान गर्ने प्रत्येक सहभागीलाई प्रशंसापत्र (प्रमाणपत्र) प्रदान गरिनेछ। साथै रक्तदानपछि स्वास्थ्यलाई ध्यानमा राख्दै ताजा जुस तथा फलफूल को व्यवस्था गरिएको आयोजकले जनाएको छ।

रक्तदानका लागि १८ वर्ष पूरा भई ६० वर्ष ननाघेको, कम्तीमा ४५ किलोग्राम तौल भएको, रक्तचाप सामान्य रहेको तथा प्रत्यक दिन कडा प्रकृतिका औषधि सेवन नगरेको स्वस्थ व्यक्तिले रक्तदान गर्न सक्ने मापदण्ड तय गरिएको छ।

साझा पाईला नेपालका अध्यक्ष नवराज तामाङ्गले आफ्नो सानो प्रयासले कसैको अमूल्य जीवन बचाउन सकिने उल्लेख गर्दै रक्तदानलाई सामाजिक उत्तरदायित्व र मानव सेवाको उत्कृष्ट माध्यमका रूपमा ग्रहण गर्न सबैलाई आग्रह गर्नुभएको छ। उहाँले साउन १ गते बिहान ८ बजे साँखु महादेवस्थानमा उपस्थित भई रक्तदान गरी अभियानलाई सफल बनाउन सम्पूर्ण स्थानीयवासी तथा इच्छुक नागरिकसँग अपिल गर्नुभएको छ।

आयोजकका अध्यक्ष नवराज तामाङ्ग्का अनुसार कार्यक्रम सम्बन्धी थप जानकारीका लागि साझा पाईला नेपाल (अध्यक्ष): ९८६९०२५९७९ तथा पताप हेल्थ केयर (सञ्चालक): ९८४६६६०००३ मा सम्पर्क गर्न सकिनेछ।

प्रतिक्रिया