Congress उपसभापति Bishwo Prakash Sharmaको सम्बोधनले काठमाडौँ–२ मा चुनावी माहोल ततायो

lawanyasandesh.com

साँखु,काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पेप्सीकोलामा आयोजित विशाल चुनावी आमसभामा Nepali Congressका आदरणीय उपसभापति Bishwo Prakash Sharmaको ओजपूर्ण उपस्थिति र सम्बोधनले चुनावी अभियानमा नयाँ ऊर्जा थपेको छ।


आमसभालाई सम्बोधन गर्दै उपसभापति शर्माले क्षेत्र नं. २ को समग्र विकास, सुशासन र समृद्धिका लागि सक्षम, स्पष्ट भिजनसहितको नेतृत्व आवश्यक रहेको औंल्याए। उनले उम्मेदवारप्रति विश्वास व्यक्त गर्दै काठमाडौँ–२ लाई नमूना क्षेत्रका रूपमा विकास गर्ने प्रतिबद्धता दोहोर्‍याए।


कार्यक्रममा उल्लेख्य जनसहभागिता देखिएको थियो। सभास्थलमा उर्लिएको जनसागरले काठमाडौँ–२ का मतदाता अब ‘गफ’ होइन, ‘विज्ञता र स्पष्ट दृष्टिकोण’ भएको नेतृत्व खोजिरहेको सन्देश दिएको आयोजकहरूले बताएका छन्। उम्मेदवारले अघि सारेका विकास योजना र पार्टी नेतृत्वको मार्गनिर्देशनले क्षेत्रको मुहार फेर्ने संकल्प थप बलियो बनेको दाबी गरिएको छ।


उक्त अवसरमा उम्मेदवारले उपसभापतिको गरिमामय उपस्थितिका लागि आभार व्यक्त गर्दै आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूको साथ र समर्थन नै आफ्नो विजयको मुख्य आधार हुने विश्वास व्यक्त गरे।


चुनावी माहोल तातेका बेला आयोजित यस आमसभाले काठमाडौँ–२ मा आगामी निर्वाचनको प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।

प्रतिक्रिया