रास्वपा उम्मेदवार किशोरी शाहको उम्मेदवारी खारेज, धनुषा–१ मा चुनावी समीकरण प्रभावित

lawanyasandesh.com

साँखु, काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत धनुषा निर्वाचन क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी शाहको उम्मेदवारी खारेज भएको छ।

निर्वाचन आयोगले आवश्यक छानबिनपछि शाहको उम्मेदवारी रद्द गर्ने निर्णय गरेको स्रोतले जनाएको छ। आयोग स्रोतका अनुसार बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाणित विवरणका आधारमा उम्मेदवारी खारेज गरिएको हो।

कर्जा सूचना केन्द्रबाट प्राप्त अद्यावधिक विवरणअनुसार शाह २०८० सालदेखि कालोसूचीमा रहेको उल्लेख छ। उनी कमल निर्माण सेवा प्रालिका शेयरधनीसमेत रहेका छन्। विभिन्न मितिमा एकल तथा संयुक्त रूपमा चेक बाउन्ससम्बन्धी विषयमा कालोसूचीमा परेको तथ्य फेला परेको जनाइएको छ।
निर्वाचनसम्बन्धी प्रचलित कानुनी व्यवस्था अनुसार वित्तीय अनियमितता वा कालोसूचीमा रहेका व्यक्तिको उम्मेदवारी वैधानिक रूपमा मान्य नहुने प्रावधान रहेको छ। सोही व्यवस्थाअनुसार आयोगले निर्णय गरेको बुझिएको छ।
आयोगले औपचारिक निर्णय सार्वजनिक गर्दै सम्बन्धित पक्षलाई जानकारी गराइसकेको जनाएको छ।

प्रतिक्रिया